ह्याप्पी भ्यालेन्टाइन !!!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 02:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज किन किन उनको निकै याद आइरहेको छ।  उनि संगै बसेर जिस्किदै ठुस्किदै  मिठा मिठा कुरा  गरौं गरौं जस्तै लागि रहेको छ। उनको सामिप्यमा रहि अझै  आन्दित बनौं बनौं जस्तो लागिरहेको छ। यस बर्षको भ्यालेन्टाइन अझ  बिशेष  यादगार बनाउ जस्तै  लागिरहेको छ।   उनि संगै हात समाई  समाई  घुमिरहु जस्तै  लागि रहेको छ ।  आज यो मन उनि संगै रमाइ रहेको अनुभूति भैरहेको छ ।  खै किन हो कुन्नि आज उनको प्रेमिल याद निकै  आइरहेको छ।  मन निकै बेचैन भै रहेको छ ।  निकै उकुसमुकुस भैरहेको छ। 


हामिहरु निकै मिल्छौ।  संगै घुमफिर गर्छौ ।  प्रायः  हामि सधै संगै हुन्छौ ।  संगै खाजा खान्छौ ।  हामि दुइमा बिशेष सामिप्यता नै छ ।  उनि म संगै बस्न रमाउ छिन , म पनि उनि संगै बस्न रमाउछु ।  म संग मिठा मिठा कुरा गर्न रमाउ छिन उनि ।  म पनि  उनि संगै बसेर मिठा मिठा बात मार्न रुचाउ छु।  हामिहरु धेरै बिषयहरुमा कुराकानी गर्छौ , छलफल गर्छौ ।  यसरि छलफल गर्दा पनि छलफलको बिषय बस्तु भन्दा पनि उनि संगै नजिकिँदै गर्दा छुट्टै मिठासपूर्ण अनुभूति गर्छु।  उनले म संग प्रतक्ष्य रुपमा  नभनेता पनि उनि पनि  म संगै नजिकिन रमाउछिन्।  म संगै बस्न आनन्दित महसुस गर्छिन।   जुनकुराहरु उनको हाउभाउले प्रस्ट बुझाउछ। 

 मायाप्रेम भनेको दोहोरो हुनुपर्छ।  दुवैमा आफ्नोपनको महशुस हुनुपर्छ।  एक अर्का भित्र हराउन  सक्नुपर्छ।  आज मैले जुन कल्पना उनि माथी गरिरहेको छु सायद  उनले पनि म माथि त्यस्तै कल्पना गरिरेहेको  हुनुपर्छ।  हामीहरु हरेक कुरामा एक अर्कामा नजिक छौ।  तर नजिक भएर पनि टाढा छौ ।  हरेक कुरामा खुलेर छलफल गर्छौ तर मनका भावनाहरु मन भित्रै मार्छौ।  मन बाट केहि कुरा व्यक्त गर्न खोज्छौ तर मुख बाट बाहिर ल्याउनै सक्दैनौ।  एक अर्कालाइ  मन पराउछौ तर शब्दमा व्यक्त गर्न सक्दैनौ।  भावनामा व्यक्त गर्छौ तर शब्दमा व्यक्त गर्दैनौ।  दुवै जना हरेक कुरामा नजिक छौ तर यथार्थमा टाढा भएको जस्तै छौं ।  मेरो मनमा जस्तो उकुसमुकुस छ उनको मनमा पनि त्यस्तै उकुसमुकुस छ।  हामीहरु खुलेका प्रेम जोडी नभएता पनि त्यो भन्दा माथिका प्रेमिल मनहरु भने पक्कै हौ। 

फेब्रुअरी महिना लागि सकेको छ।  भ्यालेन्टाइन डे ले सबै प्रेमिल मनहरुलाई नजिक्याएको छ।  सबैमा एक किसिमको चटारो नै परिरहेको छ।   भ्यालेन्टाइन डे मा मेरो प्रेमिल मन लाइ के दिउ रु कस्तो उपहार  दिउ रु गुलाब मात्रै दिउ कि गुलाबको साथमा अरु केहि पनि दिउ रु यो मेरो मात्र कथा होइन सम्पूर्ण प्रेमिल मनहरुको व्यथा पनि हो।  जुन जोडीहरु प्रेमिल भइ सके उनीहरुलाई उपहारको चटारो छ।  जुन मन प्रेमिल भइ सक्यो  तर प्रेम जोडी भइ नसकेको छ उनीहरुमा साच्चिकै उकुसमुकुस नै छ।  मन भित्र ठुलो ज्वाला मुखि बनिरहेको छ।  व्यक्त गरौ केहि भनि पो हाल्ने हो कि भन्ने  डर नभनौ मन भित्रको ज्वालामुखिले आफैलाई मार्ला कि भन्ने डर।  

मेरो मन लाइ लाग्छ उनि बाट पहिलो प्रेम प्रस्ताव आओस्।  उनलाई लाग्दो हो उस बाट नै पहिलो प्रेम प्रस्ताव आओस ।  जब हामि भेट हुन्छौ एक अर्काको भावना बुझ्छौ नजिकिन्छौ ।  जब नजिकिन्छौ एक आपसमा मै हराउछौ।  जब एक आपसमा हराउछौ अनि मनको भावना ब्यक्त गर्नै सक्दैनौ।  जब हामि छुट्टिन छौ हामी एक निरश संसारमा प्रवेश गरेको अनुभूति गर्छौ ।  जब भोलि भेट हुन्छ हामि साच्चिकै स्वर्गीय आनन्दको अनुभूति गर्छौ।  कहिले काहिँ लाग्छ ब्यक्त गरिएको प्रेमिल मनले भन्दा मन मनै मन पराइएको प्रेमिल मनले छुट्टै आनन्द प्रदान गर्छ।  उनको म माथिको कल्पना मेरो उनि माथिको कल्पना यो नै बास्तबिक प्रेम कि जस्तो लाग्छ। 


भ्यालेन्टाइन डे प्रेमिल मनहरुको लागि , प्रेमिल जोडीहरुको लागि बिशेष दिन नै हो।  मनमा लागेका तर व्यक्त गर्न नसकेका भावनाहरु ब्यक्त गर्ने दिन हो।  मैले उनलाई मन मनै त मन पराउछु।  उनले पनि मन मनै त मलाइ पनि मन पराउछिन।  मनको कुरा मन मै रहयो।   यस पटकको   भ्यालेन्टाइन डे मा मेरो मनको कुरा उनि संग राख्छु।  एक दिन त प्रेम प्रस्ताव राख्नु नै छ।  मैले नराखे पनि उनले भए पनि प्रेम प्रस्ताव राख्नु नै छ ।  आज नभने पनि एक दिन त भन्नु नै छ ।  आज भ्यालेन्टाइन  डे, प्रेमिल मनहरुको लागि बिशेष दिन।  यहि बिशेष दिनको सु(अवसरमा मैले नै  आज उनलाइ ह्याप्पी भ्यालेन्टाइन भन्छु।  ह्याप्पी भ्यालेन्टाइन मैले नै भन्छु।  यतिकैमा आलाराम बज्यो।  अनि निद्रा बाट ब्युझिए। 
                
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved