शेयर बजारमा लगानी छ वा लगानी गर्ने सोचमा हुनुहुन्छ ? पढ्नुस  प्राबिधिक विश्लेषण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 04, 2017 | 10:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार अर्थशास्त्रको सिद्धान्त माग ( Demand ) र आपूर्ति ( Supply ) को सिद्धान्त अनुसार चल्ने गर्छ। सामान्यतया जुन कम्पनीको शेयरको माग धेरै हुन्छ उक्त कम्पनीको मुल्य बढ्छ र जुन कम्पनीको शेयरको आपूर्ति बढि हुन्छ उसको मुल्य घट्छ । यहि सिद्धान्त अनुरुप बजारमा माग धेरै हुने कम्पनीहरुको बाहुल्यता धेरै भयो भने  समग्र बजार बढ्ने गर्छ   । बजारमा आपूर्ति धेरै हुने कम्पनीहरुको बाहुल्यता धेरै भयो भने  समग्र बजार घट्ने  गर्छ । के के कारणहरुले  गर्दा बजारमा  कम्पनीहरुको शेयरको  माग धेरै हुन्छ र के के कारणहरुले गर्दा  बजारमा  कम्पनीहरुको शेयरको  आपूर्ति धेरै हुन्छ त्यता तिर अहिले नजाउ पछि कुनै दिन चर्चा गरौला ।

शेयरबजार विश्लेषक :- रामु खनाल

शेयर बजारमा प्राबिधिक विश्लेषण गर्नको लागि अर्थशास्त्रका बिभिन्न  सिद्धान्तहरुको बिबेचना गर्नु अगाडि केहि सिमाहरु निर्धारण गरिएको हुन्छ। त्यस्तै गरि शेयर बजारमा पनि प्राबिधिक गर्नु अगाडि केहि सिमाहरु निर्धारण गरिएका हुन्छन अर्थात यस्तो भएको अवस्थामा मात्र शेयर बजारमा प्राबिधिक उपलब्धि मुलक हुन सक्छ। ति मान्यताहरु हुन् , अन्य कुराहरु सामान्य रहेको अवस्थामा मात्र , लगानीकर्ताहरु बिबेकशील रहेको अवस्थामा मात्र , इतिहास दोहोरिन्छ हिजोको बजारमा रहेको मुभमेन्टको आधारमा आज र आजको बजारको मुभमेन्टको आधारमा भोलिको बजारमा अर्थात बिगतको डाटाको  आधारमा भबिष्यमा  बजार परिबर्तन हुन्छ भन्ने आधारमा लगायतका आधारहरुमा बाट   शेयर बजारमा प्राबिधिक विश्लेषण गर्ने गरिन्छ।

लगानीकर्ताहरु बिबेकशील नभएको अवस्थामा शेयर बजारमा प्राबिधिक विश्लेषणले केहि  काम गर्दैन। जस्तो बजारमा कृषि बिकास बैकको शेयर रु. ४४० को हाराहारिमा किन्न पाइन्छ तर अक्सनमा त्यहि शेयर रु. ६०१ हालेर  किन्छन भने यस्तो अबस्थामा प्राबिधिक विश्लेषणले कुनै काम गर्दैन। गोप्य सुचनाहरु चुहावट हुने , Insider Trading हुने अबस्थामा शेयर बजारमा प्राबिधिक विश्लेषण कुनै काम गर्दैन । जस्तो बंगलादेश बैकले  हकप्रद शेयर दिने बाहिर चुहियो अनि बजारमा यसको कारोबार बढ्यो यस्तो अबस्थामा पनि शेयर बजारमा प्राबिधिक विश्लेषणले कुनै काम गर्दैन । नीतिगत स्थिरता नहुने बेला बेलामा परिबर्तन भैरहने अवस्थामा पनि यसले केहि  काम गर्दैन। जस्तो  कहिले मार्जिन कल  ७० % को हाराहारि हुने त   कहिले  ५० % को हाराहारीमा हुने अबस्थामा पनि शेयर बजारमा प्राबिधिक विश्लेषणले कुनै काम गर्दैन । छिन छिनमा  मास साइकोलोजि हुने परिबर्तन अबस्था   जस्तो बजार १८०० को हाराहारिमा हुदा बजार अझै बढ्छ भनि लगानीकर्ताकर्ताहरु आखा चिम्लेर  हौसिदै शेयर किन्न तयार हुने तर घटन लाग्यो कि अब खतमै नै  हुने भयो बर्बाद नै हुने  भयो भन्दै आत्तिएर बेच्न हतार हुने  अर्थात लगानीकर्ताहरुले   बिबेकशीलता प्रदर्शन गर्नु पर्नेमा बढ्दा  जोशमा होस  गुमाएर लगानी गर्ने र  घट्दा बेहोस हुदै बिक्रि गर्न हतार हुने मास साइकोलोजी इफेक्ट हुने बजारमा शेयर बजार प्राबिधिक विश्लेषणले त्यति काम गर्दैन ।

शेयर बजार प्राबिधिक विश्लेषण बुझ्न अर्थशास्त्रका  बिभिन्न चित्रहरु बुझ्न सक्ने , लेखा र वित्तका कुराहरुको ज्ञान भएमा शेयर बजारमा प्राबिधिक विश्लेषण  बुझ्न त्यति गाह्रो हुदैन। शेयर बजारमा  प्राबिधिक विश्लेषणले बजारको अवस्थिति तथा कुनै कम्पनी कम्पनीको अवस्थितिलाइ चित्रातम्करुपमा , अकंको रुपमा देखाउने मात्र हो । किन्ने नकिन्ने , बेच्ने नबेच्नेको निर्यण गर्ने लगानीकर्ता स्वयम आफैले नै हो ।प्राबिधिक विश्लेषणको आधार बाट निर्णय गर्न केहि सहजता मात्रै प्रदान गर्ने हो । अत  निर्णय गर्ने  क्षमता लगानीकर्ता आफैमा हुनु पर्छ | चाहे प्राबिधिक विश्लेषण गर्नु  होस् र सो बाट हेर्नु होस् , चाहे आधारभूत विश्लेषण होस् र सो बाट हेर्नु होस् वा अन्य कुनै तरिका बाट हेर्नु होस् सहि समयमा सहि निर्यण गर्ने क्षमता भएको  लगानीकर्ता नै उत्कृष्ट लगानीकर्ता हो  ।                      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved