रञ्जु बहिनी ! तरकारीवाली बनाउलान् है !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 11:27:20 AM मा प्रकाशित

laxmi  sunrise bank

यमुना अर्याल  

उमेरले आफुभन्दा कान्छी भएकोले बहिनीको साइनो लगाएँ । रन्जु दर्शना बहिनी अग्रिम बधाइ अनि सुभकामना । राजधानीको मेयर बन्ने अठोटका साथ उम्मेदवारी दर्ता गरेर मैदानमा ओर्लिएकी छौ । रन्जु मेयरको उम्मदवार मात्रै होइन आम युवा पुस्ताको प्रतिनिधि पनि हो भन्ने उदाहरण देखाउने अदम्य साहस गरेकी छौ  । यो साहसलाइ साधुभाव छ । चुनाव राजनीतिक खेल हो खेलमा  हारजित भइहाल्छ त्यो स्वभाविक पनि हो । परिवर्तन हाम्रैपालामा भन्ने अभियान लिएकी बुढा, पाका, खारिएका, अनुभवी, पटक पटक सरकारको महत्वपुर्ण पदमा  आफुलाइ उभ्याउँदा पनि जनताको लागि सिन्कोसम्म भाच्न नसक्ने तर आफुलाइ सधैभरी जनताको सेवक भनिरहने, मै खाऊ मै लाऊ मै बाँचु भन्दै राजनीतिमा पुर्णरुपले समप्रित भएको भनिएका  कथित ठुलाबडा राजनीतिज्ञको अघिल्तिर एउटी फुच्ची युवती चुनौती बनेर खडा भएकी छौ । परम्परावादी सोँचलाइ झापड त हानिसकेकी छौ ।   


हुटिट्याऊले मेघ गर्जदा आकाश थाम्छु भन्थ्यो रे त्यस्तै चुरीफुरी हो .., यत्रो महानगरपालिकामा नातीनी सरहकी युवती उठेर हजुर बाहरुलाइ च्यालेन्ज गर्छे रे ... टोलटोलका चिया गफहरुमा समेत यसरी हासिमजाक गर्नेहरु पनि भेटिन्छन । राम्रो काम गर्नको लागि दारी कपाल फुल्नै पर्ने, गाला चाउरी पर्नै पर्ने भन्ने योग्यता कहीपनि लेखिएको छैन । हिम्मत र समर्थन हुने हो भने उमेरको हदबन्दीले खासै फरक पर्दैन भन्नेमा पक्तिकार जस्ता धेरै युवाहरुको सहमती, समर्थन  छ । बुढापाकाले भन्थे कि पढेकाले जान्छ कि परेकाले जान्छ , काम गर्दै गएपछि सिकिने कुरा हो, एकैचोटी सबैजना सबै क्षेत्रमा योग्य हुदैनन गर्दै गएपछि आफै खारिदै जाने हो । 


हामीकहाँ  मेयर हुनको लागि उमेरले पाँच, छ दशक पार गरेको, दारी कपाल  फुलेर सेतै भएको, दुइचारवटा मुद्धा मामलमा जेलनेल भोगेको, गुण्डागर्दीको आडमा रजाइँ गरेको , गाँठ जतिपनि खर्च गर्न सक्ने, रक्सी, चिया र चुरोटमा मतदाता किन्न सक्ने हैसियत भएको , गाला चाउरिएको, रोगले थल्लिएको पाको,अनुभवी, खारिएको व्यक्ति नै चाहिने चलन जस्तै हो । अहिलेका मतदाता विवेकी छन पक्कैपनि सुझबुझ तरिकाले नै मतदान गर्नेछन । 


रन्जु बहिनी , तिम्रो भाषण एक पटक होइन दुइतिन पटक नै हेरेँ, सुने । भाषण गर्न पनि निकै पारगंत भइसकेकी रहिछौ । गोविन्द केसी अनसन बसेको बेलामा आफुहरुलाइ पनि पागल भन्दै तिम्रो दलले आयोजना गरेको कार्यक्रममा तिमीले गरेको भाषण निकै चोटिलो, ओझिलो र दमदार थियो । अस्तिमात्र नयाँ बानेश्वरको भाषणपनि सुने । युवाको रगत छिटो तात्छ भन्छन सायद त्यस्तै भएको हो वा के हो अलि आक्रोश बढी भएको जस्तो लाग्यो । आवेगमा आएर व्यक्तिविशेषमाथि लान्छना लगाउने जसरी प्रस्तुत हुनु भोलिको लागि सुभसंकेत नहोला कि ? विवेकशिल पाटीको मेयरको उम्मेदवार, पढेलेखेको जानकार मान्छेले असभ्य भाषा बोल्नु अलिकति सुहाएन भन्ने खालका प्रतिक्रियाहरु आएका छन यसतर्फ ध्यान पुगोस बहिनीको । 


झट्ट हेर्दा युवक  जस्तै लाग्थ्यो तिम्रो लवाइ र कपालको स्टाइलले गर्दा, जव माइक समाएर बोल्न थाल्यौ भर्खरकी युवतीले पनि  फोहोरी राजनीतिको यतिको गहिराइमा पुगेर अध्ययन गरेकी रहिछन वाह् भन्नलाइ गाह्रो भएन । तिम्रो भाषण सुन्ने जतिले पर्रर्र ताली पड्काए, तारिफ गरे । जब तिमीले प्रचण्डलाइ फुस्सकमल र देउवालाइ स्यालबहादुरको ट्याग लगाइदियौ तत्कालको लागि ताली त मज्जाले बजे तर अहिले मिडियामा त्यही भाषणको बदख्वाइ भएको पनि देखियो । जतिबेला विवेकशिल नेपाली दलले काठमाण्डौ महानगरको मेयरको रुपमा तिम्रो उम्मेदवारी दिएको घोषणा गर्यो त्यसपछि सायद सबैभन्दा बढी तिम्रै नाम खोजि भएको हुन सक्छ । 


साना ठुला सबै मिडियामा रन्जु दर्शना बाहेकको समाचार नै आउन छाडे । अनलाइन पोर्टलहरुमा तिम्रो समाचार एक किसिमले भाइरल नै बन्यो भन्दा फरक पर्दैन । हजारौ हजारले तिम्रो समाचार शेयर गरे, मन पराए, प्रतिक्रिया दर्शाए । उमेरले साच्चिकै केही गर्छु भन्नेहरुलाइ छेक्दैन र अबको राजनीति युवा पुस्ताले हाँक्नुपर्छ भन्नेमा आम युवाको सहमती र समर्थन देखियो देश विदेशबाट ।  यस अर्थमा रन्जुको उम्मेदवारी महत्वपुर्ण सेतु बन्न सक्छ, युवतीले यतिको आँट गरेर मेयर लड्छु, जित्छु भन्ने आकाक्षा राखेर निर्वाचनको मैदानमा होमिनु भोलिको राजनीति शिक्षित युवा पुस्ताले हाँक्न सक्छन भन्ने सवक पनि सिकायो । 


हो तिमीले भनेजस्तै काठमाण्डौमा  प्रदुषित हावाको बदलामा स्वच्छ हावा चाहिएको छ यसमा दुइमत पटक्कै छैन । काठमाण्डौ महानगरपालिका जस्तो धेरै  जनसख्याको भएको , धेरै वडा भएको क्षेत्रको प्रमुख बन्नु भनेको साच्चिकै खेलाँचीको विषय हुँदै होइन । काठमाण्डौका सचेत नागरिकले अनलाइनबाट मतदान गर्न पाउने भए इन्टरनेट चलाउन जान्ने जति सबैले युवा पुस्ताको उम्मेदार हो एकपटक मौका दिनुपर्छ भनेर अवश्य पनि युवाको पक्षमा मतदान गर्थे र  गर्छन होला सायद । धेरै वटा वडा रहेको महानगरमा कति जनसख्या काठमाण्डौका स्थायी बासिन्दा छन, कति जनताले रन्जु दर्शनाको बारेमा सुनेका छन, कति जनताले उनलाइ , उनको कामलाइ  चिनेका छन,मन पराएका छन, प्रतिस्पर्धी कस्ता छन , यि यावत कुराहरुको बारेमा मुल्यांकन गरेर तिम्रो पाटीले मेयरको टिकट दिएको हो वा चर्चाको लागि मात्र उठाएको हो ? यो विषय अहिले खुबै बहसको खुराक भएको छ ।  हुन त सातजना मेयर पदका अकाक्षीको भिडमा खुला तर्फबाट रन्जु नै  छानिएको तिम्रो पाटीले बताइसकेको छ , योग्यता , खुबी र आँटलाइ उमेरले फरक पार्दैन भन्ने तिम्रो आँटलाइ साधुभाव छ । कसैले हौसाएको आधारमा, लहडको बहकाऊमा लागेर युवा भएँ भन्दैमा  एकैचोटी महासागरमा हाम फाल्दा पौडिन नसकेर फेरी हाम फाल्न नसक्ने अवस्था पो आइलाग्छ कि  भन्ने कुरा पक्कै राम्रोसँग नियालेर, मनन गरेर दृढ संकल्पकासाथ यो पदको लागि होमिएकी हौली । 


तिमीलाइ राम्रोसँग थाहा छ बहिनी, राजनीति भनेको फोहोरी खेल हो यो खेलमा आफ्नो पक्षमा मत पार्नको लागि राजनीतिक दलका नेता, कार्यकर्ता जस्तो कदम चाल्नपनि तयार हुन्छन भइरहेका छन । तिमी हामी यसका साक्षी हौँ । यसपालीको चुनावमा त पाटी भन्दा पनि व्यक्ति हेरेर मतदान गर्ने हो ।  राजनीतिलाइ कमाइखाने भाँडो बनाएकाहरुसँग जुध्नको लागि तिमील देखाएको हिम्मत र आँटलाइ सलाम छ । अनलाइनबाट भोट हालेर बिजयी गराउन पाउने भए सायदै सबै नेपाली युवा पुस्ता तिम्रो बिजय सुनिश्चित गर्नको लागि मरिहते गरेर लागि पर्थे होला । नेपालीको भोटले प्रशान्त तामागं इन्डियन आइडल बने, अनुराधा कोइराला , पुस्पा बस्नेत सिएनएन हिरो बने, तेरिया मगर डान्स आइडल बनिन र यस्ता अरु धेरै बन्नेछन । तर विस वर्षपछि हुन गइरहेको स्थानीय निकायको चुनावमा स्थानीय बासिन्दाले स्थानिय नेतालाइ स्थानिय विकासको लागि बिजयी गराउने मौका आएको छ । साक्षर, निरक्षर सबै उमेर पुगेका मतदाताले आफ्नो उम्मेदवार छान्न पाउने मौको हो यो । तिम्रो पाटीले तिम्रो बारेमा महानगरका कति जनता समक्ष जानकारी गराएको छ ? महानगरका कति जनताले तिम्रो नाम सुन्न  पाएका छन ? कति जनताले विश्वास गर्लान ? सामान्य नागरिकले ठुला राजनीतिक पाटीको भन्दा अरुको नाम थाहा पाएकै हुदैनन उनिहरुको लागि मतदाता शिक्षा पनि पाटीले दिलाउनु पर्ने होइन र ? मिडियामा लोकप्रिय भएकै भरमा, अन्र्तवार्ता हिट भएकै भरमा मेयर भएँ भन्ने नठान बहिनी लडाइ धेरै बाँकी छ । मिडियाको धर्म भनौँ कि चर्चा बटुल्ने माध्यम , कसैलाइ उचाल्नु परेपनि पछार्नु परेपनि सबैभन्दा गतिलो माध्यम मिडिया हो । मिडियाले एउटा गतिलो प्ल्याटफर्म खडा गरिदिएको छ । 


गाऊँकी किसानकी छोरी कुसुम श्रेष्ठले  तरकारी बोकेर हिड्दै गरेको एउटा तस्बिरको कमाल कहाँसम्म भयो त्यो कुरा पक्कै थाहा छ बहिनी रन्जु । किसानका छोरी राम्रा हुन नहुने , राम्रा छोरीले तरकारी बोक्न, बेच्न नहुने जसरी तरकारीवालीको नाम दिएर यति चर्चा भयो कि त्यो चर्चाको भार थेग्न परिवार र स्वयम कुसुमलाइ समेत कठिन पर्यो । तरकारी बोक्दाकी साधारण सुन्दर युवतीलाइ एकाएक भद्धा पहिरनमा सजाएर, नामचलेका हिरोइनकै स्टाइलमा  अग्र पेजमै उभ्याए मिडियाले । पत्रपत्रिकाको कारोवार बढ्यो होला,अनलाइनहरुमा दर्शकको सख्या बढ्यो होला तर, कुसुमको पहिलेको सुन्दरता, शालिनता  भद्धा मेकअप र पहिरने छपक्कै छोपिदियो । देशमा मात्र होइन विदेशमा समेत तरकारीवालीको बारेमा धेरै समाचार बने, चर्चा भयो स्वदेशको त चल्तीको खुराक नै त्यही थियो । कतै रन्जुलाइ पनि विज्ञ, अनुभवी उम्मेदवारको भिडमा उभ्याएर सुन्दरताको व्यापार गर्न खोजिएको त होइन  ? सुन्दरताको बारेमा पनि प्रश्न सोध्ने गरिएको छ, रन्जु तपाइ यति राम्री हुन्छ , यो सुन्दरताले पनि मत जित्नमा सहयोग गर्ला ? भोली कुनै मिडियाले फोटोसेसनको नाममा रन्जु बहिनी तिमीलाइ पनि  बोलाउला,  तपाइको चर्चा देश विदेशमा फैलिन्छ भन्ने भ्रम तेर्साउलान अनि तरकारीवालीकै भेषमा रन्जुलाइ उभ्याएर मेयरको उम्मेदवार भनेर ठुलो अक्षरमा नाम टाँस्लान र कारोबार गर्लान । 


केही समय अघि तरकारीवालीको पक्षमा देखिएको जस्तै चर्चा, टिकाटिप्पणी  रन्जु बहिनीको सवालमा नहोस । तिम्रो फोटो झट्ट हेर्दासाथ काम जस्तोसुकै गरोस केटी त राम्री रहिछ भन्नेहरु धेरैछन बहिनी यो शहरमा , तिमी जस्तो पढेलेखेकी, सचेत युवतीले यस्ता विषयमा हेक्का राख्नुपर्छ । मिडियाले बहकाएको आधारमा पुरै ढुक्क नबन, गर्न धेरै बाँकी छ , एक समयकी खुराक तरकारीवाली अहिले गुमनाम पात्र बनेकी छन कसैको चाँसो, सरोकारको , समाचारको विषय बनेकी छैनन । चुनावअघिसम्म सबैको चर्चाको पात्र बनेकी रन्जु दर्शनाको हकमा त्यस्तो नहोस । मिडियाले कुसुम श्रेष्ठलाइ तरकारीवाली बनायो तर तरकारीवालाीबाट कुसुम बनाउन सकेको छैन खहरेको भेलजस्तो एकैपटक ह्वात्त खोला बढ्यो अहिले चालचुल कहीकतै छैन । रन्जु दर्शनाको हकमा त्यस्तो नहोस । रन्जु बहिनी, तरकारीवालीलाइ जस्तै बनाउलान हेक्का राख्नु । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved