विकासको आशामा भोट:मतदाता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 17, 2017 | 07:37:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मोहसिन अलि मियाँ

करिब दुइ दशक पछि आइतबार स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउदा जिल्लाका मतदाता निक्कै उत्साहित छन् । आइतबार बिहान निर्वाचन आयोगले तोकेकै समय भन्दा अगावैबाट मतदाताहरु आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्न लाइनवद्ध भएका देखिन्थे । चर्को घामको समेत परवाह नगरी घण्टौंसम्म लाइनमा बसेर मतदान गरेका मतदाताहरु आफुले हालेको मत खेर नजानेमा बिश्वस्त देखिन्छन् । 

‘धेरै पछि भोट हालियो, मन चंगा भाको छ’ सिराञ्चोक गाँउपालिका वडा नम्बर ३ का उपेन्द्र घिमिरेले भने, ‘आशा छ मैले हालेको भोट खेर जाने छैन ।’ यस अघिका निर्वाचन भन्दा निक्कै फरक र शान्तिपूर्वक सम्पन्न भएको यस निर्वाचनमा मतदाताहरुले ढुक्कले आफुलाई चाहेको ब्यक्तिलाई मतदान गरेको प्रतिक्रिया दिएका छन् । कुनै पनि दल वा ब्यक्तिका मानिसले मतदान स्थलमा दवाव नदिएको समेत उनिहरु बताउछन् । ‘यो चुनावमा भने ढुक्कसंग भोट हाल्न पाइयो, मेले त दल भन्दा ब्यक्ति हेरेर छानी छानी भोट हाले ।’ गोरखा नगरपालिकाका विपिन थापा भन्छन्, ‘सक्षम र योग्न जनप्रतिनिधि छान्ने मौकालाई मैले भरपुर उपयोग गरे ।’

पालुङटार नगरपालिका वडा नम्बर ५ कि नविना मियाँले पनि यस निर्वाचनमा पहिलो पटक भोट दिइन् । अबका दिनमा गाँउमा विकास निर्माण प्रभावकारीरुपमा अघि बढ्ने बिश्वास गरेकी उनि भन्छिन्, ‘मलाई त कहिले ३१ गते आउला जस्तो भाको थियो, मन पर्ने नेतालाई भोट हाले, मनमा खुसीको सिमै छैन ।’ प्रशन्न मुद्रामा नविनाले भनिन्, ‘अब हामीले चुनेको ब्यक्ति आएर गाँउको विकास गर्नेछन्, हाम्रा समस्यालाई बुझ्छन् भन्ने आशा छ ।’

चर्को घामका बाबजुद पनि मनमा धेरै आशा र भरोसा बोकेर भोट हाल्न गएका मतदाताहरु अब राम्रो र सहि जनप्रतिधि आउने र गाँउको विकास गर्नेमा बिश्वस्त देखिन्छन् । तर चुनाव प्चार प्रसारका बेला दल र तिनका उम्मेदवारले भने जस्तो सिंहदरबारको अधिकार गाँउमा लागु गर्न भने चुनौतीको बिषय रहेको कतिपयको भनाइ छ । ‘यो बिल्कुल फरक चुनाव हो, यसमा चुनौती र सम्भावना दुवै छ, आउने जनप्रतिनिधीले कसरी ब्यवस्थापन गर्छन भन्ने मुख्य कुरा हो ।’ पालुङटार नगरपालिकाका युवा आशिष देवकोटा भन्छन्, ‘अब गाँउमा विकासको लहर त पक्कै आउला, तर नेताले भने जस्तो सजिलो चाही पक्कै छैन ।’ दलले चुनाव प्रचार प्रसारका बेला देखाएको तडक भडक ब्यवहार भने कत्ति पनि चित्त नबुझेको देवकोटा बताउछन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved