हेल्लो सरकार "भुईंको टिप्न खोज्दा पोल्टाको चाहिं नझरोस् नि!" (रोहन शर्माको ब्लग)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 09:48:57 AM मा प्रकाशित

laxmi  sunrise bank

रोहन शर्मा


फेरी बजारले एउटा बाहना पायो "भ्याटको बाहना।" यो बिषयलाई आतंकको रुपमा फैलाएर बजारबाट आफ्नो स्वार्थ पुर्तीको कोशीश गर्नेहरु भोलीबाट फेरी सलबालाउनेछन् र बजारलाई धमिल्याएर धमिलो पानीमा माछा मार्ने प्रयास गर्नेछन्। कारोबारमा भ्याट भन्ने कुनै भुत हैन, योसँग डराउनु पर्ने कुनै कारण छैन। यस्तो समयमा लगानिकर्ता सचेत हुनु जरुरी छ। 

यो बिषयलाई सबैले आ-आफ्नै हिसाबले बुझिरहेका छन्। कोही ब्रोकर कमिसनमा भ्याट भन्छन् त कोही सेयर कारोबार मा भ्याट । यतिसम्मकि अब कुल करोबार रकममै १३ भ्याट बुझाउनु पर्ने भन्ने सम्मको हल्ला फैल्याईएको छ । अहिले लगाउन खोजिएको भ्याट सेयर कारोबार कमिसनमा लगाउने कर भनेर बुझौं। कसरी यो कार्यान्वयनमा आउने हो त्यसको खाका आउनै बाँकी छ। पहिलो कुरा त ५० ब्रोकर कोहीपनि भ्याटमा दर्ता छैनन्। प्रकृया पनि अनिर्णितनै छ।

अहिले सेयर खरिद तथा बिक्रीमा लाग्दै आएको ब्रोकर  कमिसनको जुन रकम छ यो भन्दा बढी लगानिकर्तालाई भार नपर्ने गरी कर पनि त्यसैमा समायोजन हुनु जरुरी छ। यसैपनी नेपालको सेयर ब्रोकर कमिसन अहिलेपनि उच्चनै छ।

अर्को कुरा ब्रोकरले प्राप्त पर्ने कुल कमिसनको २५% नेप्सेले लैजाने गरेको छ । कर समायोजन गर्दा यतातिर पनि ध्यान दिन जरुरी देखिन्छ। 

बास्तबमा भन्ने हो भने नाफामा लगानिकर्ताले ब्याक्तिगत ५% र सँस्थागत १०% CAPITAL GAIN TAX तिरेकै छन्। घाटामा बिक्री गर्दा क्षतिपुर्तीको चाहिं कुनै ब्यवस्था छैन। एकहिसाबले भन्नेहो भने लगानिकर्ता मर्कामै छन्। 

गहिरिएर सोचौ त, 

□ सेयर बजारमा दैनिक ५० करोड माथी कारोबार कसले गर्छ ? 

□ खरिद तथा बिक्रीमा कारोबार कमिसन कसले तिर्छ?

□ राज्यलाई बार्षिक करोडौं पुँजिगत लाभ कर कसले बुझाउँछ? 

□ ब्रोकर, नेप्से, धितोपत्र बोर्डको कमाईको श्रोत के हो? 

पक्कै पनि सबै प्रश्नको उत्तर "लगानिकर्ता" हो । तसर्थ आशा गरौं न्यायसँगत हिसाबले सेयर कारोबारमा भ्याट कार्यान्वयनमा आउनेछ। 

अहिले ब्रोकरले पाउदै आएको ०.४% देखि०.६% सम्मको कमिसनमा १३% अतिरिक्त जोडिनु भनेको न्युनतम रकमनै हुनजान्छ । तर त्यसो भन्दैमा यसको भार लगानिकर्ता लाईनै पार्नु भनेको अन्यायपुर्णनै हुन जान्छ। सरकारको लगानिकर्तालाई हेर्ने नियत माथी प्रश्न चिन्ह ठडिनेछ । 


यदि लगानिकर्तामाथी एकतर्फी रुपमा अन्याय गरियो भने, सरकारले भुईंको टिप्न खोज्दा पोल्टाको गुमाउनु पर्ने निश्चित छ।त्यो अवस्थामा लगानिकर्ताले कारोबारलाई भन्दा पनि कम्पनीले प्रदान गर्ने प्रतिफललाई कमाईको श्रोत बनाउने छन्। अनि कुनै दिन २५ करोड कारोबार हुँदा सेबोन, नेप्सेले मिठाई बाँडेर खुशीयाली मनाएको देख्ने दिन पनि आउनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved