सीसीडी गणनाको नयाँ बिधिमा बैंकर मनोज ज्ञवालीले औल्याए ५ समस्या र ३ समाधान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 07:35:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सन्दर्भ: नेराबै एकीकृत निर्देशन, २०७४ 


" ई.प्रा. निर्देशन नं 5 (ड़) अनुसार सिसिड़ी रेसियो गणना गर्दा अन्तरबैक निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न पाईने छैन।"

हालसम्म बैक तथा वित्तीय संस्थाहरुले छोटो अवधिको तरलता व्यबस्थापनको लागी अन्तरबैक निक्षेपलाई लिएर व्यबस्थापन आएको अवस्थामा  लगभग ९ महिना सम्मको तरलताको अभाब पछि अलीकती तरलता सहज भएको बेलामा यो व्यबस्थाहरुको असर निम्नानुसार पर्ने देखिन्छ।

१.रु. 70 अरब भन्दा बढिको निक्षेप अब सिसिड़ी गणनामा आउने छैन अर्थात तरलता गणनामा उक्त रकम कमी हुने।

२.बिकास बैक तथा फाईनान्स कम्पनीहरुको नगद ब्यबस्थापन वाणिज्य बैकहरुले निक्षेप गणना भएको कारणले गरिदिन्थे भने अब वाणिज्य बैकले उक्त नगद निक्षेपको रुपमा स्वीकार गर्देन किनभने निक्षेपमा गणना हुने सिसिड़ीमा मात्र गणना नहूने भए 5% CRR राख्नै पर्ने भए निक्षेपको लागत झन् बढ्ने , अरुको नगद भल्टमा राखेर विमा शुल्कमा थप खर्च हुने, नगद व्यवस्थापनको खर्च पनि थप हुने। यसरी वाणिज्य बैकहरुले ख र ग वर्गको निक्षेप नस्वीकारेको अबस्थामा नगद व्यबस्थापनमा ख र ग वर्गका  संस्थाहरुलाई थप समस्या उत्पन्न हुने र जिल्ला स्थित नेपाल राष्ट्र बैंकको  कार्यालयहरुलाई समेत नगद ब्यबस्थापनमा थप चाप पर्न जाने।

३.निक्षेप मै गणना नहूने भएपछि बैकहरुले ब्याज किन दिने? ब्याज नपाउदा ख र ग वर्गको संस्थाहरुमा रु दुई करोड देखि रु दश करोड सम्म मुनाफामा कमी हुने। Non Funded business बाट fee based income अत्यन्त कम हुने ख र ग बर्गको संस्थाहरुमा यो आम्दानी पनि  घटाउदा बढेको ४ गुणा पूजीमा प्रतिफल दिन अझै समस्या हुन गई बिभिन्न समस्या उत्पन्न हुन सक्ने।

४.यदि सरकारी खर्च नहुने, आश्विन पछि सिसिड़ी गणना गर्दा  productive sector को कर्जाको weight लाई 100% राख्नु पर्ने  अनी BFI हरुले कर्जा बढाउदै गएको अवस्थामा पुन तरलता अभाब शुरु हुने।

५. बैक तथा बित्तिय संस्थाहरु स्थानिय निकाय सबै ठाउमा पुग्नकोलागी सबै भन्दा ठूलो समस्या नै नगद ब्यबस्थाप थियो। अहिले शाखा खोल्ने योजनामा ख वर्गको संस्थाहरुले नजीकको बाणिज्य बैकलाई touch point बनाई योजना बनाएको अबस्थामा यो नयाँ व्यवस्थाले समस्या झन थपिदिएको छ।

यस्ता विविध कारणहरुलाई मनन् गरि भर्खरैको तरलता अभाब, पूजी वृद्धि तथा गांउ गांउ बैकिड़ पहूच पुर्याउनु पर्ने अबस्था समेतलाई मध्यनजर गर्दै जानु पर्ने हो की अहिलेको अवस्थामा। 

अन्तर बैकको निक्षेपले वास्तविक निक्षेपको अबस्था आकलन गार्ह्रो भएको अबस्था हो निम्न समाधान मा छलफल गरी लागु गर्न सकिन्छ:

१.निक्षेप शिर्षकमा अन्तर बैक निक्षेप अलग्गै रिपोर्टिड़ गर्ने।

२.अन्तर बैक बाट ऋण लिई अर्को संस्थामा निक्षेप राख्न नपाउने।

३.सिसिड़ी मिलाउने उदेश्य मात्र राखी एक संस्थाले अर्को संस्थामा, दोस्रोले तेस्रो अनी तेस्रो संस्थाले पहिलो संस्थामा निक्षेप राखी व्यबस्थापन गर्न नपाउने।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved