यसरी कम गर्न सकिन्छ ब्यापार घाटा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 26, 2016 | 03:36:31 AM मा प्रकाशित

laxmi  sunrise bank

रामप्रसाद  गौतम यो बर्ष श्रावणसम्ममा नेपालको कुल व्यापार घाटा ७ खर्ब ४ अर्ब ४५ करोड १२ हजार रुपियाँ छ । यो अवधिमा देशले ७ खर्ब ७४ अर्ब ७१ करोड ७७ लाख रुपियाँ बराबर वस्तु आयात गरेको छ  भने ७० अर्ब २५ करोड ४१ लाख रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ निर्यात गरेको छ । अर्थात देशबाट बर्षभरिमा केवल ७० अर्ब रुपियाँको मात्र सामान निर्यात भयो ।

यो अनुपात हेर्दा देशमा १ रुपियाँ बरावरको सामान आयात गर्दा १ पैसा बरावर पनि निर्यात हुन सकेको देखिदैन। विश्व बजारमा भएको पूँजि र प्रविधिको बिकासले गर्दा निर्यात बढाउन नसकेपनि आयात प्रतिस्थापन गर्न सके पनि देशको पुँजि देशभित्रै खेल्न पाउने थियो तर त्यस्तो हुन सकि रहेको छैन । देश हरेक क्षेत्रमा परनिर्भर छ । 

दुईवटा फर्सिका मुन्टा ,मुला र हरियो मकै स्वदेशि प्रयोग गरेको भरमा पहाड  भन्दा ठूलो व्यापार घाटा कसरी न्युन पार्न सकिएला?

कुनै क्षेत्रबाट पनि आयात कम गरेर आबश्यक वस्तु तथा सेवा आफ्नै देशमा उत्पादन गर्ने नीति , रणनिति तथा योजनाहरु  बन्न सकेका छैनन्।    राजनितिज्ञहरु आयात गर्दा प्राप्तहुने राजश्वबाट केही चालुखर्च र बाँकि ऋण तथा अनुदानबाट सामान्य बिकास खर्चको खाकामा देश चलाउनमा मस्त छन्  । दीर्घकालसम्मको लागि सोचेंर  कसरी कसरी काम गर्दा आयातको मात्रा घटाएर नाफा बढाउन सकिन्छ भन्ने बारेमा कोहि सोचि रहेको अवस्था छैन । यो कटु यथार्थ हो । यसका विभिन्न कारण होलान् त्यस मध्ये सरकारको अस्थिरता पनि एक हो ।


सरकार  प्रत्येक पाइलामा जोखिममा  छ । कति बेला कताबाट अविश्वासको प्रस्ताव आउने हो भन्ने डरले सबैलाई सताई रहेको हुन्छ । न त सरकारले ईतिहासको विश्लेषण गर्न पाउँछ न त भविश्यको रुपरेखा बनाउने अवसर प्राप्त गर्दछ  । जब सरकार अस्थिर हुन्छ जस्तो सुकै प्रधान मन्त्री भए पनि उसले कुनै सोँच नै बनाउन पाउँदैन । आयत प्रतिस्थापन गर्ने र निर्यात बढाउने सन्दर्भमा कुनै चिन्तन नै हुन पाउँदैन । 

 शिरदेखि पाऊँसम्म हरेक वस्तु हामी आफैले राम्रोसंग हेर्यौ भने , जुत्ता जापानको , मोजा कोरियाको , पाइन्ट र शर्ट भारतको टाई इटालीको , चस्मा चाइनिज र पेटभित्र जाने  तरलहरु स्कटलेण्डबाट आयात भएका छन् । दुईवटा फर्सिका मुन्टा ,मुला र हरियो मकै स्वदेशि प्रयोग गरेको भरमा पहाड  भन्दा ठूलो व्यापार घाटा कसरी न्युन पार्न सकिएला? दुईवटा फर्सिका मुन्टा ,मुला र हरियो मकै स्वदेशि प्रयोग गरेको भरमा पहाड  भन्दा ठूलो व्यापार घाटा कसरी न्युन पार्न सकिएला? 

आजको मितिमा उपादनमुलक प्रवृति लगभग शुन्य  नै भएको देशमा प्रवृति सुधार , संरचनागत सुधार र पुर्वाधारको सुधार गरेर मानिसमा  उद्यमशीलताको बिकास गर्नु आफैमा चुनौतिपुर्ण कार्य हो  तर असंभव भने होईन । सिमेन्ट , सावुन र सलाईमा लगभग देश आत्म निर्भर छ भने अन्यमा पनि हुनु पर्ने हो । 

दक्षिण कोरिया , मलेशिया र सिंगापुरको बिकास कसरी भयो ? ७० को दशक तिर आफ्नो देशको प्रतिनिधि मण्डल अमेरिका पठाउनकोलागि बिदेशी मुद्राको संचिति खोतल्दा देश भरमा जम्मा ३८ हजार अमेरिकी डलरमात्र प्राप्त गर्न सकेको देश चीन आज कसरी विश्वको धनी राष्ट्र बन्न सफल भयो अनुमान गर्न कठिन छ । दृष्टान्त  अनेक छन् समृद्धिका तर त्यस्तै पुनरावृत्ति नेपालमा गराउन सकिएला वा न सकिएला भन्ने बारेमा चिन्तन गर्न त सकिन्छ तर संभावना निकै कम छ । किनकि हाम्रो देशमा स्थायी सरकारको संभावना नै निकै कम छ ।  जवसम्म देशमा स्थायी सरकार बनेर कम्तिमा ५ बर्ष काम गर्ने वातावरण हुँदैन तवसम्म सानातिना व्यापारका झलाकझुलुक त देखाउन सकिएला तर  साच्चिकै बिकास गर्न र व्यापार सन्तुलन कायम गर्न  निकै कठीन छ । 

बढीरहेको व्यापारघाटालाई कतै न कतैबाट त रोक्न जरुरी छ । यसका लागि हरेक सानासाना विषयबाट कामको शुरुवात हुनु पर्ने देखिन्छ । पहिलो चरणमा देशलाई खाद्यान्नमा आत्म निर्भर बनाउनु पर्यो , दोश्रोचरणमा , दुध , मासु , फलफुल , तरकारि , कपास , चिनी,  माछा मासु आदिमा आत्म निर्भरता तर्फ प्रवेश गर्नु उपयुक्त हुन्छ । तेश्रो चरणमा फलाम खानीको उत्खनन गरेर निमार्ण मुलक छड ,तार आदिमा आत्मनिर्भता  सृजना गर्ने ,कागजको उत्पादन स्वदेशमै गरेर बढ्दो कागजको आयातमा नियन्त्रण गर्दै जान सकिन्छ  ।

विद्युत उत्पादनका संम्पुर्ण झै झमेला कम गरेर उत्पादनमा सहजता ल्याउनु पर्छ । पेट्रोलियम पर्दाथको खोजी कार्यलाई तदारुकताका साथ अगाडी बढाउने र  वास्तिविकतालाई छर्लङ्ग पार्ने जरुरी छ ।  अर्थात देशमा छ भने उत्खनन गर्ने,  छैन भने  इन्धन आपुर्तिको लागि थप विकल्प खोज्ने ताकि अबका दिनमा २०७२ सालमा जस्तो इन्धनको हाहाकार र जनपिडा नहोस । एउटा छुट्टै सोंचले सरकार अगाडी बढ्नु पर्दछ ।  आम सोंचले खर्बौको व्यापारघाटा सन्तुलन हँुदैन ।  

सुधार हरेक ठाँऊमा चहिएको छ तर सबैभन्दा ठुलो सुधार अख्तियारवालाको सोेँचमा हुनु प¥यो । अख्तियारहीन जनता , पत्रकार , लेखक, आलोचक सँग त केही पनि छैन ।


व्यापारघाटा कम गर्ने सबैभन्दा ठुलो उपाय स्वदेशमै आवश्यक वस्तु उत्पादन गर्नु हो । यसको लागि देशमा उद्योग व्यवसायको स्थापना हुनु पर्दछ । उद्योग खोल्न आवश्यक पर्ने शान्ति सुरक्षाको सुनिश्चितता देशमा हुनु पर्छ । चन्दा आतंक आजपनि भित्रभित्र चली रहेको छ । प्रहरी प्रशासनले सबैकुराहरु सकारात्मक भन्दा नकारात्मक तरिकाले नियन्त्रण गर्ने गरेको गुनासो सुुनिन्छ व्यापारीहरुबाट । हरेक तिरबाट सज्जन र कानुन बमोजिम चल्नेलाई सहयोग गर्ने र कानुन मिच्नेलाई कठोर बन्ने गरी नियन्त्रण गर्न सक्ने हो भने १० बर्षमा व्यापार घाटा व्यापार सन्तुलनको अवस्थामा आउने छ अन्यथा जुन तरिकाले विगत र आजसम्म काम गरिएको छ भोली पनि यस्तै हुने हो भने नेपालमा समृद्धिको बाटो त्यति सहज हुने छैन । 


परिवर्तन जरुरि छ बिशेषगरी जोसंग अख्तियार छ उसले परिवर्तन देखाउन सक्नु पर्दछ । त्यो परिवर्तन केबल सपना देखाएर र मञ्चाभिमुखहरुलाई हँसाउनकोलागि मात्र नल्याएर कार्यन्वयन हुन सक्नेगरी  वस्तुनिष्ठता , आवश्यकता , औचित्यता र बिशिष्ट उदेश्य सहित ल्याउने नेता देशले खोजी रहेको छ । आजको गरिवी , माथि उल्लेखित विकराल व्यापारघाटा, जनजीवनले भोगी रहेको यो महंगी , यो कठिनाई आदि सबैको पछाडी सोचको कमी नै सबै भन्दा बिकराल पक्ष हो । 

व्यापारमा जुन चिज बढी माग हुन्छ त्यो चिज बेचेर व्यापार सनतुलन गर्ने हो । इलाम जिल्लाबाट गतबर्ष ६ अर्ब २६ करोडको कृषिजन्य उतपादनको निर्यात भयो त्यस मध्ये ४ अर्बभन्दा बढी अलैँचीकोमात्र निर्यात भयो भने अलैँचीकोलागि थप योजना त ल्याउनै प¥यो । अब समानताको नाममा अल्ैचिलाई बिर्सने तर अम्रीसोलागि बजेट तानेर भ्रष्टाचार गर्ने प्रवृतिलाई नरोकेसम्म व्यापार सन्तुलन कायम गर्न निकै कठिन छ । सुधार हरेक ठाँऊमा चहिएको छ तर सबैभन्दा ठुलो सुधार अख्तियारवालाको सोेँचमा हुनु प¥यो । अख्तियारहीन जनता , पत्रकार , लेखक, आलोचक सँग त केही पनि छैन । नितान्त केही छैन । र  सोंच अरुको अर्तिबाट सिर्जना गर्न सकिदैन आफैबाट निकाल्नु पर्दछ । व्यापार सन्तुलनले पनि सोंच सहितको सकारात्मक अख्तियार खोजीरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved