माधवी यात्रा : वस्तुदेखि शिल्पीसम्म 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 26, 2016 | 06:48:12 AM मा प्रकाशित

laxmi  sunrise bank

खुब बदलिन्छ मन, कहिले उमेरले बदलिन्छ त कहिले समयले बदलीदिन्छ मनलाई ।यहि बदलिने मनको रोटेपिंगमा लहरिदै लहरिदै बनेको माधवीको पछिल्लो परिचय, ‘माधवी अर्थात् अर्चना पन्थी’।
 
सांच्चै पहाडी क्षेत्रका बेंसीहरुको खोंचबाट देखिने साँघुरो दुनिया नै पछिल्लो चर्चित नाटक माधवीकी नायिका पन्थीको संसार थियो । समयका बाछीटाहरु कहाँ स्थिर रहन्थे र ! समयको बर्षातले उनको यो बाल संसार अर्थात् गुल्मीको खोचिंलो वस्ती-वस्तुको धनार्जीबाट काठमाडौँ हत्याईदियो उनलाई ।
 
‘समय लहरमा लहरिदै लहरिदै म पुंगे यो मृगस्थलमा कसरी’ युगकवी सिद्दिचरण श्रेष्ठले भोगेको मारभुमि काठमाडौँमा अर्चनाले ‘क्याकटस’ भएर फुल्नु थियो । फुलका रंग मौसम अनुसार बदलिन्थे, कहिले त्यो रंग, ‘एयर होस्टेज’ बनेर आकाशमा शयर गर्दै नीलबर्ण बन्दथ्यो । 

कहिले फेरी ‘इन्जिनियर’ बनेर पहाडका गलछेडि नाप्दै सडक पुर्याउने धूनमा फित्ता र टेप लिएर कुदी रहन्थ्यो । यो बदलिने मनको अर्चना अनुभव छ – ‘खुब देख्थे सपना, अनि सपना जस्तै बदलिन्थ्यो मन पनि’ । हो त कहिले उनको सपना चलचित्रका चित्रपटहरुमा नायिकाको रुपमा नाच्दथ्यो । कहिले समाजसेवीको रुपमा पखेरीमा कसैको सहयोग गर्दै फक्रनथ्यो, यी थिए अर्चना सपना।

उनी भन्छिन- ‘यस्तै सपना देख्दा देख्दै सपनाले नै मिस टिन २०११ को ताज पनि पहिर्याईदियो ‘। सपना जस्तै त रहेछ जिन्दगि ! त्यहि सपनाले अहिले अर्चनालाई माधवी बनाई दियो । अनि उनकै नाट्य शिक्षक टंक चौलागाईले अंग्रेजी भाषा पढेकी आधुनिक केटि अर्चनालाई पौराणिक पात्र माधवी बनाई छाडे । माधवी बन्न अर्चनाले पनि खुवै मेहनत गरिन ।

उनी भन्छिन –‘ममा जागी रहेको अभिनयको भोकमा चौरासी व्यंजन पस्किदिनु भयो चौलागाई सरले’ । यो त उनको कृतज्ञता थियो । उनले पनि कम मेहनत गरेकी हुन् र माधवी बन्न ! वस्तुबाट शिल्पीसम्म पुग्दा कहिले उनका सपना टुक्रिए पनि । सपना त देख्नु पर्दो रहेछ । मुर्झिने र फक्रिने त नियमित प्रक्रिया रहेछ , माधवी अनुभव छ ।
 
धेरै युवतीहरु थिएटरलाई साधन बनाएर ‘सिल्भर स्क्रिन’मा भाग्य अजमाउन चाहन्छन् । तर उनी उल्टो हिडिन् ।थुप्रै सिल्भर स्क्रिनका आग्रहलाई लत्याएर थिएटर प्रबेश गरिन । स्तम्भकार कृष्ण मुरारी भण्डारी त अर्चनाले प्रवेश गरिन होईन, शिखर नै चुमिन् भन्छन । तर अर्चना भने आफुलाई नव शिकारु नै ठान्दि रहिछिन् । उनि भन्छिन –‘यो त मेरो पहिलो पाइला हो ‘।
अब हेरौ माधवीको यो पाइला कति माथि पुग्छ , मूल्यांकन समयलाई नै छोडीदियौ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved