सलमान खान जेलमै बस्नु परे बलिउडको कति अर्ब डुब्ला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 05, 2018 | 10:10:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जोधपुर अदालतले कालो हरिणको केशमा भारतीय नायक सलमान खानलाई दोषी ठहर गर्दै पाँच बर्षको जेल सजाय सुनाएको छ। सलमानलाई पुरै समय जेल चलान गरिएको अवस्थामा त्यसले बलिउडमा करोडौं रुपैयाँ डुब्ने भएको छ। 

सन १९९९ मा आएको फिल्म 'हम साथ साथ है' नामक हिन्दि फिल्मको शुटिङको समयमा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गरिएको हो। 

चर्चित नायक सलमान खानमाथि करिब १ खर्ब रुपैयाँ बराबरको लागनी रहेको बताइएको छ। यदि सलमान खानलाई पाँच बर्षको जेल सजाय भयो भने उनको कारण बलिवुडले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नु पर्नेछ। 

२ अर्ब ५० करोडको फिल्म रेस-३ 

सलमान खानको मुख्य भूमिकामा हालै मात्र रेस-३ को शुटिङ चलिरहेको चाह। यस फिल्मको बजेट २ अर्ब ५० करोड भएको बताइएको छ। सलमान खानलाई जेल सजाय भएको अवस्थामा यो फिल्मको शुटिङ बिचैमा रोकिने सम्भावना छ। जस कारण फिल्म निर्माताले ठुलो नोक्सानी भोग्नु पर्नेछ। 

दबंग-३ को बजेट १ अर्ब ५० करोड 

दबंग सिरिजको तेस्रो भाग दबंग-३ को शुटिङ पनि छिट्टै शुरु हुने अवस्थामा छ। यस फिल्मको दुवै सिरिजमा सलमान खान र सोनाक्षी सिन्हा देखिएका थिए तर तेस्रो भागमा पनि सलमान खानले अभिनय गर्नेवाला थिए। यस फिल्मको बजेट १ अर्ब ५० करोड बताइएको छ। 

कयौं फिल्मको परी प्रोडक्सन सम्पन्न 

फिल्म ट्रेड समिक्षक अमोद महराका अनुसार रेस-३ बाहेक सलमानको बाँकी फिल्म 'किक-२' 'भारत' लगायतका फिल्मको शुटिङ शुरु हुन बाँकी नै छ। फिल्म शुरु हुनु पुर्व नै प्रि प्रोडक्सनको काम हुनेगर्दछ। त्यसैले प्रि प्रोडक्सनमा करिब १ अर्ब जति खर्च भईसकेको बताइएको छ।   

संकटमा टिभी शो 

सलमान खानको कारण फिल्मलाई मात्र नभई टिभी शो लाई पनि ठुलो नोक्सानी उठाउनु पर्ने देखिएको छ। सलमान १० बर्ष पछि पुन: 'दस का दम' नामक टिभी शो ल्याउने अन्तिम तयारिमा थिए। यो गेम शोको प्रोमो समेत सार्वजनिक भईसकेको छ। यस शो मा सलमानले होष्ट रहेको छ। 

अमोद महराका अनुसार 'दस का दम -२' शो का लागि च्यानलले पहिले नै धेरै खर्च गरिसकेको छ। सलमानको जेल चलानले शो हरु नोक्सानमा रहनेनै छन साथ साथै सलमानको करियर समेत ओरालो लाग्ने शंका गरिएको छ। दसका दमको २० भागको लागि सलमानले च्यानलबाट १ अर्ब २४ करोड लिइसकेका छन।   

यसको साथ साथै सलमान खान टिभी शो बिग बस मा लगातार होस्टको भूमिकामा छन। सिजन १२ को लागि समेत सलमान नै होस्ट हुने तय थियो, यद्दपी प्रि प्रोडक्सनको घोषणा हुन भने बाँकी नै छ। 

यसका साथसाथै सलमान अन्य कयौं परियोजनामा सामेल रहेकाले उनको जेल सजायले बलिउडले झन्डै १ खर्ब रुपैयाँ बराबरको नोक्सानी बेहोर्ने अनुमान गरिएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved