एक नायिका जसले एकै बर्षमा कमाइन २ अर्ब ६० करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 08:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

इम्मा स्टोन यो बर्ष सर्वाधिक महँगो नायिका बनेकी छिन। 'द ला ला ल्याण्ड' स्टार इम्मा स्टोनले १२ महिनाको अवधिमा २ अर्ब ६० करोड रुपैयाँ कमाएको फोर्ब्सद्वारा सार्वजनिक रिपोर्टमा उल्लेख छ। 

इम्मा स्टोनको यो कमाई जुन २०१६ देखि जुन २०१७ सम्मको हो। फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने नायिकाको सुचीमा इम्मा स्टोन पहिलो नम्बरमा पर्न सफल भएकी छिन। इम्मा वाटसन, जेनिफर एन्निस्टोन जस्ता चलेका नायिकाहरुलाई पछाडी पर्दै उनि सर्वाधिक कमाउने नायिका बन्न सफल भएकी हुन। उनको कमाई १६० प्रतिशतले बढेको बताइएको छ।   

'ला ला ल्याण्ड' चलचित्रमा मियाको भूमिकामा खेलेकी इम्मा स्टोनले यो बर्ष ओस्कार अवार्ड जितेकी छिन। उनले उत्कृष्ट नायिकाको अवार्ड जितेकी हुन।

गत बर्ष अर्थात २०१६ मा सर्वाधिक कमाउने नायिका जेनिफर लौरेंस भने यस बर्ष तेस्रो स्थानमा परेकी छिन। उनले २ अर्ब ४० करोड रुपैयाँ कमाई गरेको रिपोर्टमा उल्लेख छ।  

Emma Stone


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved