बजाजको पूर्ण सुविधा सहितको नयाँ शोरुम कैलालीको टिकापुरमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 08:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

हंशराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको टिकापुरमा नयाँ शो-रुम संचालनमा ल्याएको छ। कम्पनीले आफ्नो कार्यलाई थप बढाउंदै लाने क्रममा टिकापुरमा 'जैमिनी आटोमोटीभ्स कम्पनी'सँगको सहकार्यमा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको जनाएको छ।   

नयाँ शोरुम मार्फत ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहजता मिल्ने कम्पनीको बिश्वास छ। ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले बताए।

नयाँ शोरुम शुभारम्भको अवसरमा ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु समेत प्रदान गरिएको जनाइएको छ। हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज,पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved