एप्पलले एकै पटक सार्वजनिक गर्यो आइफोनका तीन मोडल सहित ५ उत्पादन, यस्ता छन बिशेषता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 08:00:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एप्पल कम्पनीले आफ्ना पांच नयाँ उत्पादन सार्वजनिक गरेको छ। मंगलबार क्यालीफोर्निया स्थित एप्पल पार्क भित्र रहेको स्टिब थियटरमा भएको   अहिले सम्मकै भब्य मध्येको एक बिशेष समारोहबीच एप्पलले आफ्ना नयाँ पांच उत्पादन सार्वजनिक गरेको हो। 

एप्पलले थियटरमा आयोजित कार्यक्रममा सबै भन्दा पहिले एप्पल वाच सिरिज ३, त्यसपछि एप्पल टिभी फोर के, त्यसपछि आइफोन ८, त्यसपछि  ८ प्लस र त्यसपछि आइफोन टेन (एक्स) सार्वजनिक गरिएको थियो।

एप्पलले सार्वजनिक गरेका पांच उत्पादन मध्येका एप्पल वाच सिरिज, एप्पल टिभी फोर के, आइफोन ८ र ८ प्लस पुरानै सिरीजका नयाँ संस्करण हुन। तर एप्पलले आइफोन उत्पादन सुरु गरेको १० बर्ष पुगेको अवसरमा ल्याएको आइफोन 'एक्स' जसलाई आइफोन टेन भनिन्छ, मा बिशेष फिचर छन्। 

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले कार्यक्रममा सबैलाई सरप्राइज दिंदै आइफोन उत्पादन सुरु गरेको १० बर्ष पुगेको अवसरमा आइफोन टेन ल्याइएको जानकारी गराएका थिए। 

एप्पल आइफोन टेन 

एप्पल आइफोन टेनको मुल्य आइफोन मध्येकै सबै भन्दा महँगो कायम गरिएको छ। जसको सुरुवाती मुल्य ९९९ अमेरेकि डलर अर्थात नेपाली मुल्य लाख भन्दा बढी तोकिएको छ। 

भारत लगायत बिश्वका ५५ देशहरुमा अक्टुबर २७ देखि आइफोन टेनका लागि बुकिङ खुला हुनेछ। नोभेम्बर ३ तारिखदेखि मात्र आइफोन टेन बजारमा उपलब्ध हुनेछ। 

आइफोन ५.८ इन्च डिस्प्ले भएको यस फोनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले नाम दिइएको छ। यसमा ४५८ पीपीआइ अर्थात आइफोनको इतिहासमा अहिलेसम्मकै ठुलो डिस्प्लेको सुविधा दिइएको छ। 

यसमा टच आइडीको साथ साथै फेस आइडीको फिचर छ। फेस आइडीको बिशेषता भनेको प्रयोगकर्ताले अँधेरोमा समेत काम गर्न सक्नेछन। आइफोन सिक्स एक्स जस्तो देखिने यस फोनमा प्रयोगकर्ताले सिधै व्हट्सएपमा आवाजसहितको संदेश पठाउन सक्नेछन। साथै सिधै इमोजीमा सिधै जोडिन सक्नेछन। जस्तोकि इमोजीमा जोडीएपश्चात तपाई हास्नु भयो भने इमोजी पनि हास्नेछ। तपाइँले टाउकोलाई चलाउनु भयो भने इमोजीले पनि त्यसै गरी आफ्नो शिर चलाउनेछ।  

आइफोन टेनमा उपलब्ध नयाँ फिचर मध्ये 'फेस आइडी' यसको प्रमुख बिशेषता हो। यसमा होम बटन हटाइएको छ। फोनको अगाडी भागमा रहेको क्यामेराले प्रयोगकर्ताको अनुहार स्क्यान गरी फेस आइडी तयार गर्ने कार्यक्रममा जानकारी दिइएको छ। प्रयोगकर्ताको अनुहारकको आधारमा मात्र अब आइफोंन टेन लक र अनलक हुनेछ।  आइफोन टेन ६४ जीबी र २५६ जीबीमा उपलब्ध छ। 

आइफोन ८ र ८ प्लस 

Related image

आइफोन ८ र ८ प्लसलाई आइफोन ७ र ७ प्लस सिरिजको अपडेट सिरिजको रुपमा लिइएको छ। दुवै फोन ६४ जीबी र २५६ जीबीमा उपलब्ध हुनेछन। 

भारत लगायतका देशहरुमा सेप्टेम्बर २९ देखि यी फोनहरु बजारमा उपलब्ध हुनेछन। तर नेपाली बजारमा कहिले उपलब्ध हुने भन्ने बारे केहि जानकारी गराइएको छैन। यी फोनहरुको सुरुवाती मुल्य १ लाख २ हजार रुपैयाँ हुने विभिन्न संचार माध्यममा जानकारी छ। 

आइफोन ८ मा ४.७ इन्च रेटिना एचडी स्क्रिन र आइफोन ८ प्लसमा ५.५ इञ्चको डिस्प्ले रहेको छ। एप्पल ८ मा १२ एमपीको सिंगल क्यामेरा उपलब्ध हुनेछ भने ८ प्लसमा स्पोर्ट्स डबल १२ एमपी रियर क्यामेरा जडान छ।    

एप्पल वाच सिरिज ३ 

एप्पलले वाच सिरिज ३ को सुरुवाती मुल्य ५० हजार तोकिएको छ। नेपाल बाहेकका अधिकांश देशहरुबाट यसको बुकिङ सेप्टेम्बर १५ देखि सुरु हुने भएको छ। बजारमा सेप्टेम्बर २२ देखि उपलब्ध हुनेछ। एप्पलले एप्पल वाच सिरिज १ को मुल्य पनि परिमार्जन गरि ३४ हजार रुपैयाँ कायम गरेको छ। 

एप्पल वाच सिरिज ३ मा बिशेष फिचर थपिएका छन। यस मार्फत प्रयोगकर्ताले ह्याण्डसेट प्रयोगबिना नै फोन कल प्राप्त गर्न, फोन गर्न, मेसेज पठाउन र पाउन, लोकेसन जांच गर्न सक्ने छन।



एप्पल टिभी फोर के 

Image result for apple tv 4kएप्पल टिभी फोर के लाई फोरके एचडीआर टेन समेत बताइएको छ। यसको मुल्य ३२ जीबीको २९ हजार रुपैयाँ र ६४ जीबिको ३२ हजार तोकिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved