केएल टावरमा मोबाइलको मेगा मेला, जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 03:40:42 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने  छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए । 

यसको साथै मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् अफर भित्रको पनि अफर योजना लगायत  केएल मोबाइल हबको योजना सँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको छ ।


केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर बिजय लामाले एस ८ प्लस  हस्तान्तरण गरेका थिए । यसैगरि बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर  धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बासडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् ।

दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र  बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् ।

मेगा मेलामा नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटको कारोबा हुने छ भने घरमा  थन्कीएर बसेका नबन्ने मोबाइल सेटहरु पनि साट्न पाइने ब्यबस्था गरिएका कारण ग्राहकले प्रत्यक्ष फाइदा लिन सक्ने बिश्वास केएल मोबाइल हबका सेल्स मेनेजर अजय लामाको छ  ।

मेगा मेला तिहार सम्म संचालनमा आउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved