बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान सुरू, यस्तो छ नयाँ भाडादर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 07:13:35 PM मा प्रकाशित

laxmi  sunrise bank

Image may contain: airplane and shoes

बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरू गरेको छ ।उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान सुरू गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

त्यस्तै, ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो विमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए।

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीनहजार ६ सय रुपैयाँ  र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै, पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार २ सय रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved