कतार एयरवेजको बम्पर उपहार सरोज र प्रेमचन्द्रलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 07:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेज र लक्की ट्राभल्सले संयूक्त रुपमा आयोजना गरेको प्रवद्र्धन योजनाको बम्पर उपहार सरोज अधिकारी र प्रेमचन्द्र शाहले हात पारेका छन। योजनाको अवधिमा कतार एयरलाइन्सका जहाज प्रयोग गरेका मध्येबाट दुई जनाको नाम छनौट गरिएको हो।

यस उपहार अन्तर्गत दुई विजेताले कुनै पनि गन्तव्यमा जान कतार एयरवेजको ‘राउण्ड ट्रिप’ टिकट प्राप्त गर्नेछन्।तीन महिनाअघि सुरु भएको यो बम्पर उपहार योजनामा कुल १७६ जनालाई सहभागी गराइएको थियो। त्यसअघि १२ जनाले साप्ताहिक उपहार प्राप्त गरिसकेको आयोजकले जनाएको छ।

सो अवसरमा कतार एयरवेजका कन्ट्री म्यानेजर जेपी नारायण तथा लक्की ट्राभल्सका एमएस काप्रीले योजनामा सहभागी भई ड्रमार्फत उपहार प्राप्त गर्नेलाई वधाई ज्ञापन गरे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved