फोरजी सेवा विस्तारसंगै एनसेलको डाटा खपतमा वृद्धि, कमाई १७ प्रतिशतले बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2017 | 08:15:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा, फोरजीको सुरुवात गरेसंगै उस्को डाटा खपतमा उल्लेख्य वृद्धि भएको छ। एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको यस बर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा यसबारे जानकारी दिइएको हो। 

सन २०१७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार एनसेलको डाटा खपत गत वर्षको सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ। गत बर्षको दोस्रो त्रैमासीकमा एनसेलको कुल डाटा २७ लाख जीबी थियो। 

एनसेलको डाटा खपतमा वृद्धि भएसंगै कमाईमा समेत १६.९ प्रतिशतले वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म भएको कुल आम्दानी १४.४७ अर्बमा १८ प्रतिशत डाटाको योगदान छ। एनसेलको तथ्यांक अनुसार कुल १ करोड ५६ लाख ग्राहक रहेकोमा ४४.५ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन।

चैत १९ देखि असार १६ सम्म गरी तीन महिनामा प्रयोग भएको ६८ लाख जीबीलाइ प्रतिमहिनामा निकाल्दा एनसेलका ग्राहकहरुले सरदरमा एक महिनामा २२.६६ लाख जिबी डाटा खपत गर्ने गरको पाइएको छ। गत बर्षको यस अवधिसँगको तुलनामा ९ लाख जीबी प्रयोग भएको थियो।     एनसेलको डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका छन। सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो। 

एनसेलले पछिल्लो समय फोरजी सेवाको विस्तारसंगै डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ । जस अन्तर्गत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन। कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको फाइदा उठाउन सक्छन। 

जेठ १४ देखि फोरजी सेवा संचालनमा ल्याएको एनसेलले पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो। त्यसपछि सेवा विस्तार गर्दै हाल पुर्व देखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउदै आएको छ र सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको बताएको छ।  


डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने उदेश्यले एनसेलले इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्ने र सन् २०१८ भित्रमा दुर्गम र ग्रामीण क्षेत्रमा पनि थ्रिजी सेवा पुर्याई कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved