केएल टावरमा दशैँ तिहार मेला सुरु, उपहारमा मोटरसाइकलदेखि बैंकक भ्रमणको अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 01:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथातिहारलाई लक्षितगर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार उपहार योजनाा नदिइएको योजनामा ग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन,वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् । 

दशैंमा केहीनयाँ वस्तु तथा सेवाखरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्ने छन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमाटावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो वेभ ओभन लगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको गिफ्ट भौचर पनिग्राहले पाउने छन् । 

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, ु्ज्कीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीन वटा सिनेमाहल, बालबालिका र युवाका लागि छुट्टा छुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने बताइएको छ । उपहार योजना अवधिमा एकहजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गर्ने छन् । सोही कुपनका आधारमा गोला प्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १ गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २५ गतेसम्म चल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved