ललितपुरमा मोबाइल एक्स्पो २०७३ शुरु हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 08:46:27 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सको आयोजनामा मोबाइल एक्स्पो २०७३ हुने भएको छ। आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर  कम्पनीले मोबाइल एक्स्पो २०७३ आयोजना गर्न लागेको हो। सो एक्सोमा  

एक्सो भदौ २४ गतेदेखि असोज ३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ। ललितपुर ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागिएको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताएका छन। 

सो एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्ने कम्पनीको दाबि छ। विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट रहने बताइएको छ। एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् । 

एक्स्पोका आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्ने र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार 
दिईन कम्पनीले जनाएको छ। एक्स्पोमा कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरि नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गरिने छ । 

एक्स्पोमा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने कम्पनीको अनुमान छ । 

मोबाइल एक्स्पोमा साम्सुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved