सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटिमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 06:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले बौद्ध–चुच्चेपाटिमा शोरुम संचालनमा ल्याएको छ।

सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा ,चुच्चेपाटि, काठमाडौँमा खोलिएको बताईएको छ। 

‘ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई बौद्ध–चुच्चेपाटिमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’ हिम इलेक्ट्रोनिक्स निर्देशक सीमा गोल्छाले बताईन।  

यस सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु Curved TVs, LED TVs, Mobile Phones, Refrigerators, Washing Machines / Microwave Ovens लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ। नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको छ । काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved