बिजि मलमा सुरु भयो दशैं तिहार उपहार योजना, मोटरसाइकल,स्कूटर र बैंकक भ्रमणको अवसर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 06:20:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै एक हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित मलले असोज २ गतेदेखि योजना सुरु गरेको हो । 

फ्यान्टास्टिक दशैं तिहार हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । 

निर्देशक गिरीले भने–‘अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामाग्रीदेखि लत्ताकपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम सुरु गरेका हौं ।’ 

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरामणि तिमल्सिनाले बताए । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने तिमिल्सिनाले बताए ।


यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन । 

बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने बताइएको छ । यो उपहार योजना कार्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved