युएम बाइकको नयाँ शोरुम लालबन्दीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 09:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमइ अटोमोटिभस् अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डका बाइक तथा स्कुटर अब लालबन्दीबाटै किन्न सकिने भएको छ। कुसुम मोटर्सले एक कार्यक्रमको बीच लालबन्दीमा नयाँ थ्रिएस सुविधा सहितको सोरुम उद्घाटन गरेको हो।

अमेरिकी प्रविधिमा निर्मित यु एम व्राण्डको सो सोरुमको उदघाट्न लालवन्दी उधोग वाणिज्य संघका अध्यक्ष नवराज मिश्र तथा यु एम डिभिजनका प्रमुख उज्वल जोशिको उपस्थितिमा भएको हो। सेल्स, सर्भिस र स्पेयर पार्टस् सहितका प्रविधियुक्त सो सोरुममा यु एम ब्र्राण्डका १ सय २५ सिसिदेखि ३ सय सिसिसम्मका बाइक र स्कुटरहरु उपलब्ध छन् ।

सोरुम उद्घाटन कार्यक्रमको अवसरमा ग्राहकहरुलाई २०,००० सम्मको छुट तथा १ जना भाग्यशाली विजेतालाई सिंगापुर टुर प्याकेजको व्यवस्था रहेको कुसुम मोटर्सका प्रोप्राइटर राजकुमार शाहले जानकारी दिए। यो योजनादशैं, तिहार र छठ्सम्म लागु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved