रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराइ बने पहिलो बिजेता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 05:32:26 PM मा प्रकाशित

laxmi  sunrise bank


मलेसिया स्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । 

सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई बिजेता घोषित भएका छन्। सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत ३२ हजार ५३ रुपैयाँ पठाएका थिए। 

उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको कम्पनीले जनाएको छ ।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको हो। 

योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिनेछ। यस अभियान अन्तर्गत भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन।

भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन। उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ कम्पनीले जानकारी दिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved