मिलानो ब्राण्डका फुटवेयर अब नेपालमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 04:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सन पोलिमर प्रा. लि. इटालियन प्रविधिद्धारा विश्वको उत्कृष्ट पोली युरिथिन (पीयु) फुटवेयर बनाउने स्वदेशी उत्पादकले नेपाली बजारमा पहिलो पटक मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको छ ।

एक्सन पोलिमर्सले मिलानो ब्राण्डका स्लीपरहरु तथा स्याण्डलहरु उत्पादन गर्दै आएको छ ।  अब कम्पनीले दैनिक गतिबिधिमा उपयोग हुने मिलानो ब्राण्डका फुटवेयरको सबै श्रेणीहरु (बच्चादेखि बुढासम्मका लागि) बजारमा ल्याएको हो । मिलानो ब्राण्डका फुटवेयरका विशेषताहरुमा हलुका तौल, स्वास्थ्यलाई फाईदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने किसिमको रहेको कम्पनीले बताएको छ ।

३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको थियो । 


फुटवेयर सार्वजनिक गर्दै एक्सन पोलिमर्सका अध्यक्ष  राजेश अग्रवालले भने, ‘हामी नेपालमा विश्वको प्रख्यात इटालियन प्रविधिद्धारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएका छौं । नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । हरेक उमेरको समूह र लिंङ्गलाई हुनेगरि हामीले मिलानो ब्राण्डका फुटवेयर ल्याउन पाउँदा निकै हर्षित भएका छौं ।’

मिलानो ब्राण्डको बारेमा बताउँदै एक्सन पोलिमर्सका प्रबन्ध निर्देशक  प्रदिप अग्रवाल र   गौरव अग्रवालले भने, ‘नेपाली फुटवेयर उद्योगमा इटालियन प्रविधि भित्र्याउन पाउँदा हामी निकै हर्षित भएका छौं । उच्च गुणस्तरको फुटवेयर हरेक उमेर र लिङ्गसमूहका लागि उत्पादन गरिरहेको बाहेक हामीसँग हरेक प्रकारका फुटवेयरका श्रेणीहरु स्लीपर, स्याण्डल र जुत्ताहरुमा उपलब्ध छ । फुटवेयर उद्योगहरु रोजगार सिर्जना गर्ने प्रमुख औद्योगिक क्षेत्र मध्ये एक भएको तथ्यलाई ध्यानमा राख्दै, बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्नसक्ने गरि उपभोक्ताको मागका आधारमा उच्च स्तरका जुत्ताहरु आधुनिक फेशन सहित उत्पादन गरिरहेका छौं । हाम्रो लक्ष्य भनेको स्थानिय फुटवेयर उद्योगलाई प्रबद्र्धन गर्नु हो र आयातलाई बिस्थापन गर्दै निर्यात बढाउनु हो । जसले दिर्घकालमा आर्थिक स्थाईत्व प्रदान गर्दछ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved