शिखर शुज क्रेजि मेला आजबाट सुरु, ७० प्रतिशत सम्मको छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2017 | 05:29:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि राजधानीको  भिर्कुटि मण्डपमा शिखर शुज क्रेजि मेला सुरु भएको छ। मेलामा हरेक शिखर जुत्ताको खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले जानकारी दिए।  

कात्तिक ६ देखि सुरु भएको यो मेला करिब २० दिनसम्म लाग्नेछ। २० वर्षअघि स्थापित कम्पनी– शिखर शु हालसम्म आइपुग्दा एक परिचित एवम् लोकप्रिय ब्राण्डको रुपमा स्थापित भइसकेको छ । 

यस २० बर्षको यात्रामा कम्पनी शिखर शु कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा ठुलो हिस्सा ओगटेको छ ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

यस उद्योगमा अहिले ७ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved