टिभिएस कम्पनीद्वारा एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगीतालाई प्रायोजन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 04:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वाधिक महँगो राशि भएको भनिएको एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगीतालाई सवारी साधन उत्पादक कम्पनी टिभिएसले प्रायोजन गर्ने भएको छ।    

राजधानीमा एक कार्यक्रमका बीच टिभिएस वितरक जगदम्बा मोटर्स र एभरेष्ट प्रिमियर लिगबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस प्रतियोगितामा मुख्य प्रायोजन गरी सम्पुर्ण क्रिकेटको समृद्धिलाई टेवा पुर्याउन पाएकोमा टिभिएस मोटर कम्पनीका आर दिलिपले खुसी व्यक्त गरे।

जगदम्बा मोटर्सका प्रमुख निर्देशक शहिल अग्रवालले क्रिकेट प्रेमीमाझ क्रिकेट खेललाई लोकप्रिय बनाउन यो सहकार्यले ठूलो भूमिका निर्वाह गर्ने बताए।

एभरेष्ट प्रिमियर लिगका प्रमुख निर्देशक आमीर अख्तरले यो सहकार्यले खेलको प्रवद्र्धन, कद र मागलाई उच्च स्थानमा पुर्याउने बताए। पुुस ४ देखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिग राउन्ड रोबिन लिगको ढाँचामा सञ्चालन हुनेछ।

१२ दिनसम्म चल्ने उक्त प्रतियोगीतामा ६ समुहले १९ प्रतियोगीता खेल्नेछन्। उक्त क्रिकेट प्रतियोगिताको कुल पुरस्कार राशी २१ लाख रुपैंया रहेको छ।


इपिएलमा चार खेलाडी बने सर्वाधिक महँगा, ६ टिमका लागि ६० खेलाडी बिक्री


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved