चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सवीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 01:39:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्स वीच टिकट खरिदमा छुट लिने दिने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रुहरुले दुवै तर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाईएको छ । छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचयपत्र र यात्रुको हकमा यात्रा अवधिको बोर्डिङ्गपास र टिकट देखाउन अनिवार्य गरिएको छ ।

सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् भने विश्वका ३०० गन्तव्यमानियमित उडान भर्दै आएको छ 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved