डिशहोमको प्रायोजनमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने, ८ देशका खेलाडीको सहभागीता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 06:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यहि कात्तिक २५ गते र २७ गते दोस्रो अन्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता हुने भएको छ। ८ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुने यस प्रतियोगिता डिशहोम र नेपाल रिगं रेस्लिङ संघको संयुक्त आयोजनामा हुन लागेको हो। 

प्रतियोगिता दशरथ रंगशालाको कबर्ड हलमा यहि कात्तिक २५ गते र ईटहरीको ठुलो जनता मावि मा २७ गते हुने जनाइएको छ । प्रतियोगीतामा अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यान  ले सहभागिता पक्का गरिसकेका छन् । नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन् ।  

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासाको सहभागिता हुने छन् ।  

त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले प्रतियोगिताका खेलहरु खेलाउनेछन् । 

डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको प्रतियोगितालाई डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । 

रेस्लिगंप्रेमी दर्शकहरुले प्रतियोगितास्थलमै गएर हेर्नको लागि भने काठमाडौंको लागि इ–सेवाको कुनैपनि काउन्टर बाट वा मेरोसेवाबाट टिकट लिन सकिने जनाइएको छ। इटहरीमा हुने प्रतियोगिता भने स्थानीय श्री राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved