सिप्रदीले चालक प्रशिक्षण कार्यक्रम संचालन गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 06:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रालिको संयोजकत्वमा कात्तिक १६ देखि २२ गते सम्म राष्ट्रव्यापी चालक प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ। प्रशिक्षण कार्यक्रममा नेपालभरका १२ सय चालकहरुलाई तालिम दिने योजना रहेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ।

काठमाडौं लगायत सिप्रदीका अन्य शाखा कार्यालयहरु इटहरी, विरगंज, नेपालगञ्ज, पोखरा र बुटवलमा कार्यक्रमसंचालन हुने कम्पनीले जनाएको छ।बढ्दो सवारी साधनको चाप तथा सडक दूर्घटनालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

तालिममा परिवर्तित प्रविधिको बारेमा चालकहरुलाई प्रशिक्षित गरिने बताइएको छ। त्यस्तै इन्धनको कम खपत, गाडीको क्षमता वृद्धिको बारेमा पनि चालकहरुलाई प्रशिक्षण दिइने बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved