बिशेष रिपोर्ट: यसरी तुहियो लक्ष्मी सिमेन्टमा कर छलेर करोडौ बिदेशी लगानी भित्र्याउने योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 08:26:30 AM मा प्रकाशित

laxmi  sunrise bank

ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले नेपालको लक्ष्मी सिमेन्ट उद्योगसँग सम्बन्धित घटना समेत सार्वजनिक गरेको छ।  आइसिआइजेको सहकार्यमा विश्वका झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिता मार्फत सार्वजनिक गरिएको विवरणमा नेपालको एक उद्योगमा गरिएको असफल लगानी प्रयाससम्बन्धमा इन्डियन एक्सप्रेसले यस सम्बन्धि खुलासा गरेको हो। 

दुई भारतीय व्यवसायी घरानाले नेपालको कम्पनी प्राप्ति गरी नेपालको लक्ष्मी सिमेन्टमा लगानी भित्र्याउन आइल अफ म्यानमा एउटा बेलायत केन्द्रित होल्डिङ कम्पनी खोल्न एप्पलबाइको सेवा लिने प्रयास गर्छन। 

करछलीका लागि 'अफसोर' कम्पनीहरु मार्फत लक्ष्मी सिमेन्टमा लगानी भित्र्याउने प्रयासमा बाधा अड्चन भएसंगै एप्पलबाईले यस सम्बन्धि कार्य स्थगित गरेको खुल्न आएको हो। अफसोर केन्द्रहरुमा कागजी कम्पनी खोल्न सघाउने र कर छलेर विभिन्न देशमा लगानी भित्र्याउने काम गरिरहेको एप्पलबाईको विवरणहरु प्याराडाइज पेपर्सबाट लिक भएका हुन। 

प्याराडाइज पेपर्स नाम दिइएका ती दस्तावेजहरु करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी 'अफसोर' कम्पनीसँग सम्बन्धित छन्।आइतबारको खुलासा झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिताको एउटा अंशमात्रै हो। 

सार्वजनिक बिबरण अनुसार सन् २०१२ को अक्टोबरमा ब्रिस्टोलको ल फर्म टिएलटी सोलिसिटर्सले आफ्नो ग्राहक लक्ष्मी सिमेन्ट उद्योगका लागि आइल अफ म्यानमा एउटा होल्डिङ कम्पनी खोल्न एप्पलबाइको सेवा चाहन्छन। यस्तो कम्पनी जुन नेपालमा सन २००९ मा स्थापना भएको छ, जोसंग सिमेन्ट उत्पादन गर्न आफ्नै जमिन र चुनढुंगा खानी छ।   

एप्पलबाईलाई आयल अफ म्यानको प्रस्तावित कम्पनीका लागि बैंक खाता खोल्न भनिएको छ। जसले अर्को अफसोर केन्द्र ब्रिटिश भर्जिन आइल्यान्डबाट खुल्न बाँकी कम्पनीबाट ८० करोड प्राप्त गर्नेछ र नेपालको सिमेन्ट प्लान्टमा ऋण दिनेछ।   

एप्पलबाईको रेकर्ड अनुसार आयल अफ म्यानको प्रस्तावित कम्पनीमा अनिल गुप्ताको ७० प्रतिशत शेयर स्वामित्व हुन्छ भने बाँकी ३० प्रतिशत शेयर स्वामित्व बिनोद पोद्दारको रहनेछ। भारतीय नागरिक भनिएका गुप्ता अम्बे ग्रुपका मालिक पनि हुन भने पोद्दारको गोविन्द रबर उद्योग छ। 

अनिल गुप्ताका छोरा अर्चित गुप्तालाई कम्पनीको निर्देशक बनाउनु थियो र एप्पलबाईलाई आइल अफ म्यानकै स्थानीय दुई नगारिकलाई कागजी निर्देशक बनाउन भनिएको थियो। 

निर्देशन अनुसार नै एप्पलबाईले प्लुटस इन्टरनेसनल लिमिटेड नामको कम्पनी खोल्यो। गजबको कुरा त के हो भने उनीहरुले नेपालकै ठाउँको नाम जुराएर दुई वटा डाइरेक्टर कम्पनी खोले। जसको नाम पोखरा कन्ट्रोलर्स लि. र काठमाडौँ म्यानेजर्स लिमिटेड राखिएको छ।

विवरण अनुसार प्रारम्भिक समिक्षामा एप्पलको अनुपालन विभागले नेपालका कम्पनीको स्वामित्व सहित थुप्रै मुद्दाहरूलाई पन्छाएको थियो। नेपालमा विदेशी लगानीको कम्पनीमा कम्तिमा २० प्रतिशत शेयर नेपाली नागरिकको हुनुपर्ने प्रावधान छ। 

बैभव गुप्ताले, जसलाई अनिल गुप्ताको परिवारको सदस्यको रुपमा परिचय गराइएको छ, एप्पलबाईसितको सम्पर्कमा आयल अफ म्यानमा कम्पनीमा खोल्ने बित्तिकै एलसीयुपीएलको सेयर स्वामित्व नेपालमा भएका आफ्ना मानिसलाई बाँडफाँड गर्ने बताएका थिए। किनकि नेपालमा बिदेशी लगानीको कम्पनीमा कम्तिमा २० प्रतिशत शेयर नेपाली नागरिकको हुनुपर्छ।        

एक पटक आईओएम कम्पनी समावेश गरिएपछी त्यो कम्पनी शेयर खरिद सम्झौतामा सामेल हुन सक्थ्यो र नेपालमा रहेका उनीहरुका मान्छेले नेपालको बैंक हुँदै लक्ष्मी सिमेन्टमा लगानी भित्र्याउन सक्थे। र अर्को तर्फ कागजी रुपमा लक्ष्मी सिमेन्ट उद्योगको स्वामित्व उनीहरुको पूर्ण नियन्त्रणमा हुन्थ्यो। 

बैभव गुप्ताले नेपालमा १५ प्रतिशत विदहोल्डिङ ट्याक्स लाग्ने कुरा उल्लेख गरेका छन। आयल अफ म्यानको हकमा कुनै कर नलाग्ने भएपनि ब्याज रेमिट गर्न र प्रिन्सिपल रकम तिर्न नेपालमा १५ प्रतिशत कर लाग्ने कुरा उल्लेख छ। गुप्ताको यस प्रकारमा भनाईमा रोयल ब्याङ्क अफ स्कटल्यान्ड र एप्पलबाई दुवै सशंकित भएको विवरणमा उल्लेख छ। 

त्यसपश्चात एप्पलबाईले नियमन मुद्दा सम्बन्धमा बिचार गर्न आवश्यक भएको जवाफ दियो। र उसले सम्पतिको स्रोत पनि खोज्यो। 'शेयरधारकहरूको स्थान उच्च जोखिममा छ त्यसैले हामीलाई सम्पतिको स्रोतको आवश्यकता पर्दछ' एप्पलबाईले यस प्रकारको जवाफ पठाएको थियो। 

एप्पलबाईले नेपाल जस्तो देशमा चुनढुंगा खानी चलाउन भ्रष्टाचारका मुद्दा पनि हुनसक्छ भन्दै नेपाल इस्यु नभएको तर शेयरधारकहरु भारतीय नागरिक भएकाले लगानी उच्च जोखिम भएकाले बैंक खाता खोल्ने क्रममा नै सम्पतिको स्रोत खुलाउनु पर्ने बताएको छ।

एप्पलबाईले सम्पतीको स्रोत खुलाउनु पर्ने प्रस्ताब पठाएको ३ महिनासम्म कुनै जवाफ नपाएपछी फेबु्अरी २०१३ मा यस सम्बन्धि फाइल नै बन्द गरिएको छ। यससंगै आयल अफ म्यानमा कागजी कम्पनी खोलि नेपालको लक्ष्मी सिमेन्ट उद्योगको शेयर किन्ने कुरा यहि तुहिएको विवरणमा उल्लेख छ।

लक्ष्मी सिमेन्ट उद्योग अहिले पनि नेपालमै संचालनमा छ। कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक अनिल गुप्ता हुन भने उनका छोरा अर्चित गुप्ता र अर्पित गुप्ता कम्पनीका कार्यकारी निर्देशक छन। त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद उप्रेती छन। केपी सिमेन्टमा समेत यस समुहको लगानी छ।  

तर केहि समयपछी गुप्ता र पोद्दारले मार्च २७,२०१३ मा एप्पलबाईले पुन: यस सम्बन्धि प्रस्ताब गरेका थिए। त्यससम्बन्धमा थप जानकारी लिन प्याराडाइज पेपर्स नाम दिइएको यस दस्तावेज तयार गर्न सामेल इन्डियन इक्स्प्रेसले गुप्ता र पोद्दारलाई कयौं इमेल र फोन गरेका छन। तर अर्चित गुप्ताले मात्र यस सम्बन्धमा प्रतिक्रिया दिदै आफुले पुरा जानकारी दिने बताएका छन।    


      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved