६ करोड लगानीमा गाडी धुने अटोमेटिक प्रविधि पहिलो पटक नेपालमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 07:11:47 AM मा प्रकाशित

laxmi  sunrise bank

उमी ग्रुपले नेपालमै पहिलो पटक गाडी सफा गर्ने अटोमिटक जर्मन प्रविधि नेपाल भित्र्याएको छ। उक्त प्रविधीको सोमबार ललितपुरमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी राजेन्दराज खेतानले उद्घाटन गरे। 

यो प्रविधिले ५ मिनेटमा एउटा गाडी धुनुका साथै मशिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले बताए। अन्य मुलुकमा यो प्रविधी सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । 

हाल उमी ग्रुपले ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुभारम्भ गरेको उनले जानकारी दिए। आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधी बिस्तार गर्ने लक्ष्य लिएको उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले जानकारी दिए।

यो प्रविधीबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । ६ करोडको लगानीमा यो प्रविधिसहितको कार वासिङ सेन्टर स्थापना गरिएको हो ।

No automatic alt text available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved