सिजीको नयाँ फोन एस्ट्रो टी १८ बजारमा आएको छ। कम्पनीले फिचर फोन विधामा नयाँ मोडल बजारमा ल्याएको हो। यस फोनमा १. ८ इन्च स्कृन, डिजिटल क्यामेरा, एफएम, टर्च लाइट, जिपिआरएस, एमपी थ्री, एमपी फोरको सुविधा रहेको छ।
८ जिबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्ने यस फोनमा एक हजार एमएएच पावरको ब्याट्री रहेको छ। साथै यस फोनको छेउमा टर्च बाल्न निभाउन छुट्टै बटन रहेको छ।
यस फोनको मूल्य १ हजार ९९ रुपैयाँ तोकिएको छ। यसमा १०० दिनको सटही सुविधा समेत राखिएको कम्पनीको दावी छ।