सिप्रदीलाई ‘सुपर प्लाटीनम अवार्ड’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 05:53:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङ्गले ग्राहकमुखी सेवा प्रदान गरेबापत सुपर प्लाटीनम अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ र अमेरिकामा प्रधान कार्यालय रहेको ‘फ्रस्ट एण्ड सुलेमान’ नामक आर्थिक तथा व्यवसायिक क्षेत्रको संस्थासँग साझेदारीमा मंगलबार सम्पन्न ‘नेपाल बिजिनेस एक्सिलेन्स अवार्ड २०१७’ कार्यक्रममा उक्त अवार्ड सिप्रदीलाई प्रदान गरिएको हो। 

विश्वमा मान्यता प्राप्त पाँच सूचकहरु दिगो आर्थिक तथा गैर आर्थिक फाइदाहरु, रणनीतिक साझेदारी, कर्मचारी तथा व्यवसाय बीचको मैत्रीपूर्ण साझेदार, भरपर्दो व्यवस्थापन प्रक्रिया तथा व्यापार उत्पादकताको आधारमा कम्पनीका कार्यलाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो। नेपालको व्यवसायिक समुदायमा उक्त अवार्डलाई विशिष्ट दर्जामा मानिन्छ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले उक्त अवार्ड ग्रहण गर्दै भविष्यमा अझै राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। सिप्रदी ट्रेडिङ्ग नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु संचालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो। सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved