लाली चाउचाउको बिक्रि वितरणमा रोक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 12:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग बिभागले यथास्तिथिमा लाली चाउचाउको बिक्रि बितरणमा रोक लगाएको छ। लालिले प्रिती चाउचाउको प्याकेटको नक्कल गरेकाले यथास्तिथिमा बिक्रि वितरण गर्न रोक लगाइएको बिभागले जनाएको छ। 

एशियन थाई फुड्स प्रालिको उत्पादन प्रिती चाउचाउको प्याकेटसंग हुबहु मिल्ने गरि लालीको चाउचाउ बिक्रि भईरहेको उजुरी परेपछि बिभागले उक्त र्यापर परिवर्तन लालीको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिलाई निर्देशन दिएको छ। 

एशियान थाई फुड्स प्रालिले २०४७ सालमा दर्ता गराएर बिक्रि बितरण गर्दै आएको र्यापर जस्तै देखिने गरि लालीको बिक्रि वितरण भएकोमा विभागले २०७४ असोज १० गते यशोदा फुड्स प्रालीलाई प्रिती चाउचाउको प्याकेटसँग हुबहु मिल्ने गएको हुँदा ४५ दिनभित्र र्याप परिवर्तन गर्न निर्देशन दिएको छ । 

बिभागद्वारा जारि बिज्ञप्तीमा यस मितिपछि लालीको बिक्रि वितरणमा रोक लगाइएको उल्लेख छ। निर्देशन बिपरित बिक्रि वितरण भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बिभागले जनाएको छ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved