निम्बस समुहको व्यञ्जन तेलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 12:36:20 PM मा प्रकाशित

laxmi  sunrise bank

निम्बस समुहद्वारा उत्पादित खाने तेल व्यञ्जनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। अत्याधुनिक स्विडेनको प्रविधिबाट प्रशोधन गरिने तेल क्लियर र पारदर्शी रहेको कम्पनीले जनाएको छ। 

निम्बस समुहले बिगत एक बर्षदेखि सूर्यमुखी तेल र तोरीको तेलको उत्पादन सुरु गरेको थियो। उपभोक्ताको स्वास्थयलाई मध्यनजर गरेर पोषण विज्ञहरुको सल्लाहअनुसार व्यंजन तेलमा भिटामिन ए र डि मिश्रण गरिएको कम्पनीको दाबि छ। 

गुणस्तरीय उत्पादन कै कारण छोटो समयमै नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको कम्पनीको भनाई छ। निम्बसको आफ्नै फ्याक्ट्रीमा तापक्रम नियन्त्रण गरेर उत्पादन गरिने हुँदा व्यञ्जन तोरीको तेलमा प्राकृतिक सद्गुण कायम रहेको कम्पनीले जनाएको छ। यो तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved