रुस्लान भोड्का नयाँ प्याकेजिङ्गमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 12:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय डिष्टीलरीद्वारा उत्पादित तथा वितरित रुस्लान भोड्का नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ। ग्राहककै चाहाना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनीको दावी छ।

हाल बजारमा रहेको बोतलको क्याप खोल्न केही अप्ठेरो भएको र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै  अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको कम्पनीले जनाएको छ। जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापनमा रुस्लान भोड्काको वितरण हुँदै आएको छ।  

अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ। नयाँ प्याकेजिङ्ग पहिलेको तुलनामा आकर्षक समेत रहेको कम्पनीले जनाएको छ।

प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको डिष्टिलरीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved