डीस होमको सिस्टम अपग्रेडका कारण प्रशारण अवरुद्ध, यस्तो छ सेवाग्राहीमा सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 30, 2017 | 08:01:39 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश होमको महत्वपूर्ण सिस्टम अपग्रेड हुन गैरहेको हुँदा आज राती ११:१५ देखी करीब ६ घण्टा प्रसारण अबरुद्ध हुन सक्ने जानकारी गराउदछौ । यस बाट ग्राहक महानुभावहरुमा पर्न जाने असुबिधाको लागी क्षमा प्रार्थी

डिस मिडिया नेटवर्क (डिस होम) द्वारा प्रशारित टेलिभिजन च्यानलहरुको प्रशारण केहि घण्टाको लागि अवरुद्द हुनेभएको छ। महत्त्वपूर्ण सिस्टम अपग्रेड गर्न लागिएकाले मङ्सिर १४ गते राति ११.१५ देखि ६ घण्टा प्रशारण अवरुद्ध हुने डीस होमले जनाएको छ।

'डिश होमको महत्वपूर्ण सिस्टम अपग्रेड हुन गैरहेको हुँदा आज राती ११:१५ देखी करीब ६ घण्टा प्रसारण अबरुद्ध हुन सक्ने जानकारी गराउदछौ' डीस होमद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ, 'यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुबिधाको लागी क्षमा प्रार्थी छौं'

डीस होम नेपालको एक मात्र डिटिएच सेवा प्रदायक कम्पनी हो। डीस होमले एक जना सेवा प्रदायकलाई १ रुपैयाँ कम ३००० रुपैयाँमा पुरै सिस्टम जडान गर्ने सुविधा दिएको छ। यसमा ग्राहकबाट ५ सय रुपैयाँ अतिरिक्त सेवा खर्च लिने गर्छ। यो वन टाइम लगानी हो। त्यसपछि कतिवटा र कस्ता च्यानल हेर्ने भन्ने कुरा ग्राहकको रुची र आर्थिक क्षमतामा भर पर्ने कुरा हो। 

डीस होमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेका अनुसार डीस होमले मासिक ४०० रुपैयाँ देखि ९०० रुपैयाँसम्मको प्याकेजमा दिंदै आएको छ। जसमा सहरका अधिकांश ग्राहकहरुले डिलक्स प्याकेज र लाइफ स्टाइल प्याकेज लिने गरेको उनले बताए। 'औषत ग्राहकले मासिक ५०० तिरेर सुपर एच डी प्याकेज लिएका छन, तर प्याकेज आवश्यकता अनुसार घटबट गराउन मिल्छ र त्यहि अनुसार मुल्य कायम हुन्छ' उनले भने।   

ग्राहकले आफुलाई कतिवटा टिभीमा सेवा चाहिएको हो वा कतिवटा सेटटप बक्स आवश्यक पर्दछ भन्ने बारे यकिन गरि डीस होमको प्याकेज लिन सक्ने न्यौपानेले जानकारी दिए।


एक परिवारले सुरुको जडान खर्च सेवा खर्च सहित ३५०० तिरेर डीस होमको सेवा लिन सक्नेछ। त्यसमा आफुलाई सुहाउँदो प्याकेज लिएर मासिक फी तिर्न सक्नेछ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved