रेनोको अत्याधुनिक सुबिधा सम्पन्न सर्भिस भेइकलको सेवा सुरुवात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2017 | 11:49:26 AM मा प्रकाशित

laxmi  sunrise bank
रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई  सेवा सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको  यो सेवाले बिशेष गरि काठमाडौँ  उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्ने छ ।
 
रेनोका ग्राहकलाई मध्येनजर गर्दै एड्भान्स अटो मोवाइल प्रा. लि.ले ‘वर्कशप अन हुइल’     (वाउ) नामक सर्भिस सेवाको सुरुवात गरेको छ । यो सेवा  उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधा सम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुनेछन् । रेनो उपभोक्ताहरूले यो सेवा लिनको लागि १६६०(०१(१६६६६ टोल फ्री नम्बरमा कल गर्न सक्ने छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved