आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 04:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वलाई लक्षित गरि आइएमईले ल्याएको आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन। 

मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएको आइएमईले जनाएको छ। पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले नगद १० लाख प्राप्त गर्ने बताइएको छ।   

त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन। सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाएका थापा भाग्यशाली विजेता छनोट भएका हुन। भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले रु. ६००,००० (छ लाख) बराबरको जीवन बीमा प्राप्त गर्नेछन।

गत हप्ता पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपक राज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । 

गत भदौ १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी  भई दैनिक ‘लक्की ड्र’ मा ५,०४० (पाँच हजार चालिस), पाक्षिक ‘लक्की ड्र’ मा ६ (छ ) र बम्पर ‘लक्की ड्र’ २ (दुई) जना पुरस्कृत भइसकेको जनाइएको छ। 

यस कार्यकममा पैसा पठाएका सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिएको थियो । 

आइएमई हाल १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ७,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स सेवा दिंदै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved