अन्तर्राष्ट्रिय टी–ट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेटरहरु चन्द्रागिरि केबलकारको भ्रमणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 03:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत, बंगालादेश र नेपाल सम्मिलित ट्वेन्टी–ट्वेन्टी त्रिदेशीय ह्विवलचेयर क्रिकेट प्रतियोगिताका लागि नेपाल आएका क्रिकेटरहरुले  चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय ट्री–ट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोजितामा आएका आयोजक समितिका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पा सहित करिव ६० जना खेलाडीहरु भ्रमणमा सहभागी थिए। फरक क्षमताभएका खेलाडीहरुको सम्मानमा चन्द्रागिरि हिल्स लिमिटेडले उक्त भ्रमण पूर्ण रुपमा प्रयोजन गरेको थियो । फरक क्षमता भएका खेलाडीहरुको सम्मानमा चन्द्रागिरि हिल्सले देखाएको सदासयताप्रती अध्यक्ष शेर्पाले धन्यवाद ब्यक्त गरे  ।

ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा  कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved