डिश होमले पायो 'इमर्जिङ्ग ब्राण्ड अवार्ड' र 'सीइओ अफ द इयर'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 06:42:04 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश होमले एकै पटक दुई बिशेष अवार्डबाट सम्मानित भएको छ। थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई 'इमर्जिङ्ग ब्राण्ड अवार्ड' र 'सीइओ अफ द इयर २०१७' बाट सम्मानित गरिएको हो। 

डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सीईओं अफ द इयर २०१७ अवार्ड प्राप्त गरेका हुन। विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सी एस आर, थट लिडर्स, सी एम ओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो । 

नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टि.भि. को प्रविधि भित्राउने डिश होम,नेपालको टेलिभिजन क्षेत्रमा सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । 

स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहर देखि अत्यन्त ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिश होम, नेपालीहरुको टि.भि हेर्नका लागी पहिलो रोजाइको रुपमा स्थापित भैसकेको कम्पनीको दाबी छ।

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु प्राप्त भएको कम्पनीको विश्लेषण छ। 

उक्त २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कुरा कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले बताएका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved