टेलिकमले ल्यायो जाडो मौसमका लागि 'सस्तो' डाटा अफर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 21, 2017 | 06:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले जाडो मौसमका लागि ‘विन्टर अफर’ ल्याएको छ। पुष ७ देखि माघ २१ गतेसम्म लागू हुने गरी जिएसएम र सिडिएमएका प्रिपेड तथा पोष्टपेड मोबाइलका लागि अफर ल्याइएको टेलिकमले जनाएको छ।

कम्पनीले डाटा प्याकसँगै बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ।

विन्टर अल टाइम डाटा प्याक

१२ रुपैयाँमा तीन दिनसम्म चौबीसै घण्टा उपभोग गर्न सकिनेगरी २५ एमबि डाटा र त्यसैगरी उपभोग गर्न सकिने त्यति नै डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

यो प्याकेजमा १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

यो प्याक लिनका लागि WIN25MB, WIN150MB  वा  WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ।

विन्टर नाइट डाटा प्याक

नाइट डाटा प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ। बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने छ।

विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

१२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

यो प्याक लिनका लागि WN120MB, WN700MB  वा WN1600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ।

विन्टर फेसबुक/इन्स्टाग्राम प्याक

विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।

यो प्याक लिनका लागि WF50MB, WF275MB  वा WF600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

एसएमएस प्याक

यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ। यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ।एसएमएस प्याक लिनका लागि SMS100 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ। यी सबै दरहरु करसहितका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved