अंग्रेजी नयाँ बर्षमा ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा मोटरसाइकल उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2017 | 03:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म सम्ममो बाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं भन्ने नारा सहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो । 

कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्रमार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो ।

जनवरी १ तारिखबाट ७ तारिख सम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।


दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए। ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजनाअन्तर्गत ५०  जनाले मोबाइल, ६५ जनाले पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष साउदले जानकारी दिए ।

मोटरसाइकलको लक्की ड्र अंग्रेजी महिना जनवरीको दोस्रो साता खोलिने बताइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved