राइनो ५०० डी फलामे छडको प्राविधिक सम्मेलन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिल्सले एफई ५०० डी ग्रेड राइनो फलामे छडको बारेमा जानकारी गराएको छ।

जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले प्राविधिक सम्मेलनमार्फत ‘राइनो ५०० डी उच्चशक्ति र लचकता सहितको ‘रिब्ड रिइन्फोर्स डण्डी भएको जानकारी दिए। 

‘निर्माण प्रक्रिया, भौतिक तथा रसायनिक सम्मिश्रणबाट उत्पन्न गुणका आधारमा राइनो बजारमा उपलब्ध अन्य छडभन्दा पृथक छ’ उनले भने।

एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको कम्पनीले जनाएको छ। जसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता रहेको कम्पनीको दावी छ।

राइनो ५०० डी फलामे छड ८ एमएमदेखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीका विक्रि केन्द्र मार्फत उपलब्ध छन्। उपभोक्ताको आवश्यकता, माग तथा योजना अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा समेत यसलाई उपलब्ध गराएको छ।

कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ। यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सघाउ मिल्ने नेपालले बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved