जेसीबीका ३ नयाँ एस्काभेटर बजारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 06:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले तीन नयाँ एस्काभेटर बजारमा ल्याएको छ।अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो।

तीनै तहका निर्वाचन सम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिपेक्षमा यी एस्काभेटर महत्वपूर्ण औजार बन्ने कम्पनीको भनाइ छ।

‘निर्माणका लागि आवश्यक फरक फरक क्षमताका एस्काभेटर नेपाली बजारमा ल्याएका हौँ’ राजधानीमा आयोजित जेसीबी कन्क्वेष्ट इभेन्टमा अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ प्रमुख दिपकराज गिरीले भने, ‘अब हामीसँग एक्स्काभेटर कम्प्लिट रेन्ज उपलब्ध छ।’

नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस २०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन्। नयाँ उत्पादनसँगै अब जेसीबीसँग फरक फरक प्रकृतिका कामका लागि ३, ८, १४, २०, २२, ३० र ३८ टनका गरी सात प्रकारका एस्काभेटर उपलब्ध हुनेछन् ।

‘परियोजनाको आकार ठूलो हुन थालेपछि निर्माण व्यवसायीहरुको नजरमा ठूला क्षमताका मेसिनहरु पर्न थालेका छन्’ गिरीले भने ‘यस्ता मेसिनले उत्पादकत्वलाई बढाउनुका साथै इन्धनको खपतलाई समेत घटाउँछ।’

एमएडब्लुले केही दिनदेखि २० प्रतिशत डाउन पेमेन्टमै उपकरणहरु बिक्री गर्ने अफर ल्याएको छ।  नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ। ब्याकहो र एस्काभेटरबाहेक नेपाली बजारमा जेसीबीका रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट र जेनसेट उपलब्ध छन्। यसका देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा संचालनमा छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved