मोहम्मद अज्मत अलि/बिजपाटी     Jan 14, 2018 | 06:57:15 PM



इन्टरनेशनल सिमेन्ट प्रालिले राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा कम्पनी संचालक बिमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन।  

सम्झौता अनुसार अब इन्टरनेशनल सिमेन्टका उत्पादनहरुको प्रवर्द्धन अभियान तथा प्रचार सामग्रीमा नायक हमाल सामेल हुनेछन। वीरगन्जस्थित इन्टरनेशनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ।

कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali












Close in 7