काल्सवर्ग बियर रातो रङ्गमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 08:10:16 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटबल क्लब ‘लिभरपुल एफसी’ले प्रयोग गर्ने रातो रङ्गको लिमिटेड एडिसनमा काल्सवर्ग बियर बजारमा आएको छ। लिभरपुलसँगको सहयात्रा २५ वर्ष पुगेको अवसरमा सो एडिसनमा बियर निकालिएको नेपालका लागि आधिकारिक विक्रेता गोर्खा ब्रुअरीले जनाएको छ।

कम्पनीले सो बियरको उत्पादनमा ‘होप’, एक प्रकारको फुलको प्रयोग गरिएको भन्दै यसले काल्सवर्गलाई भिन्न बनाएको दाबी गरेको छ।कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले लिभरपुलसँगको लामो सहकार्यले आफूहरुलाई निकै उत्साहित बनाएको बताए।

‘लिभरपुलसँगको २५ वर्ष लामो हाम्रो सहकार्यलाई यादगार बनाउन यो विशेष एडिसनमा बियर सार्वजनिक गर्न पाउँदा उत्साहित भएका छौँ। साथै, यसले क्लबका फ्यानलाई थप उत्साह दिनेमा हामी आशावादी छौँ’ सिलवाले भने।

काल्सवर्गले सन् १९९२ देखि लिभरपुल क्लबलाई स्पन्सर गर्दै आएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved