ओप्पोका फोनहरुको मूल्य समायोजन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 05:57:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ओप्पोले नेपालमा बिक्रि गर्दै आएका केही मोडलका फोनको मूल्य समायोजन गरेको छ। ओप्पो एफथ्री, एफ वानएसका ३ र ४ जिबीमा उपलव्ध दुबै भेरियन्ट र ए ७१ को मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ।

नजिकिँदै गरेको नयाँ वर्षको कोशेली स्वरुप कम्पनीले मूल्य समायोजन गरेको जनाएको हो। समायोजित मुल्य अनुसार अब ओप्पो एफ थ्रीको मूल्य ३१ हजार ५९० रुपैयाँ पर्नेछ।

४ जिबीमा उपलव्ध एफवानएसको २८ हजार ९९० रुपैयाँ र ३ जिबीमा उपलव्ध एफवानएसको २७ हजार ९९० रुपैयाँ पर्नेछ। ए ७१को नयाँ मूल्य २० हजार ४९० रुपैयाँ तोकिएको छ।

‘उत्पादन मार्फत सबैलाई सन्तुष्टि प्रदान गर्नु ओप्पोको पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ‘उपभोक्ताबाट छुटको माग हुँदै आएकोमा त्यसलाई सम्वोधन गर्ने प्रयास गरेका छौँ।’

ओप्पोको एफवान एस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो। डुअल सेल्फी क्यामेरासहितको एफथ्री मे–२०१७ मा सार्वजनिक गरिएको हो। नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलर मध्येका दुबै फोन फोटोग्राफीको क्षेत्रमा उपलब्ध नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि लोकप्रिय रहेको ओप्पोको दावी छ।

२०१७ को सेप्टेम्बरमा सार्वजनिक ए ७१ मिड रेञ्ज्ड फोन हो। ‘यो यूवा वर्ग र विशेष गरी कलेज अध्ययनरत यूवा पुस्तालाई लक्षित गरी ल्याइएको हो, त्यहीअनुसार लोकप्रियता कमाइरहेको छ’ ओप्पोले भनेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved