बिजी मलमा सुरु भयो विन्टर मेगा सेल, ५० प्रतिशतसम्मको छुट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 10, 2018 | 03:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६ दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेण्टाइन डेको अवसरमा ग्राहले आकर्षक अफर समेत पाउने छन् ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्षित गरि फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’ फेब्रुअरी २४ तारिखसम्म सञ्चालन हुनेछ । 

सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । यसका लागि कम्तीमा ५ सय रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । यसरी ५ सय रुपैंयाको सामान किन्ने ग्राहकहरु उपहार योजनामा सहभागि हुन सक्ने छन् । गिरीका अनुसार हरेक सामानको खरिदमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । 

मलले यस अवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीको खरिदमा यस्तो छुटको व्यवस्था गरेको हो । यसका साथै सेल अवधिभर मेलामा सामान खरिद गर्ने ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लन्च कुपन, शपिगं भौचर लगायतका उपहार पाउने छन् । यसका साथै ५० हजार रुपैंया बराबरको स्मार्टफोन जित्ने अवसर पनि उनीहरुले पाउने छन् । 

भ्यालेण्टाइन डेको अवसरमा लाइभ म्यूजिक तथा भ्यालेण्टाइन डेकोर लगायतका कार्यक्रमहरु आयोजना हुने छन् । यसका साथै सेल अवधिभरी कन्सर्टलाई निरन्तरता दिंदै फेस पेन्टिगं लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छन् ।  

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved