के एल मोबाइल हबमा मोबाइल मेला, बाइ वान गेट वान फ्रि अफर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 08:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले बाइ वान गेट वान फ्रि अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित मोबाइल मेला आयोजना गर्न लागेको हो । 

भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले यहि फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो । फेब्रुअरी २८ सम्म चल्ने मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गरिने छ । 

साथै मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए । 

विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन् । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । 

मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइल बारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ । मोबाइल मेलामा हबले दशैं, तिहारमा सञ्चालन गरेको अफर भित्र पनि अफरको गोलाप्रथा पनि खोलिने छ । जसमा पहिलो हुनेले यामाहाको आर वान फाइफ मोटरसाइकल, दोस्रो हुनेले आईफोन ८, तेस्रो हुनेले मलेशिया तथा सिंगापुर भ्रमणको प्याकेज र चौथो हुनेले स्मार्ट फोन पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved