के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को सित्तैमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 03:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइल हबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ । 

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नामको मोबाइल मेला आयोजना गरेको हो। फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहारहरु पनि ग्राहलाई मोबाइल हबले बितरण गर्नेछ । 

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ । 

साथै मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले बताए । 

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ । मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ ।

दशैं तिहारको उपहार खोलियो, कसले के जिते ?

यसै बिच मोबाइल हबले दशैं तिहारमा सञ्चालन गरेको अफर भित्र पनि अफरको गोलाप्रथा खोलेर विजेताहरु छनौट गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्र्ड भिजन र केएल मोबाइल हब र एप्पल वल्र्ड दरबामार्गमा मोबाइल खरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वान फाइभ मोटरसाइकल कुपन नम्बर ११५८ का बुढानिलकण्ठ बस्ने नबिन श्रेष्ठले पाएका छन् । त्यसै गरि कुपन नम्बर २२०७ का कालिमाटी बस्ने सफल न्यौपानेले आइफोन ८ पाएका छन् । कुपन नम्बर २६९३ का हात्तिबन बस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । १०५० कुपन नम्बरका बौद्ध बस्ने शिक्षा लामाले भिभोको वाई ५३ मोबाइल जितेकी छन् । कुपन नम्बर २२४७ की यांगी शेर्पाले जेडटीईको एस ६ मोबाइल जितेकी छन् । कुपन नम्बर २५४९ का बल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेका छन् ।

विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन् । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । 

मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइल बारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved